संजीव सिंह, काठमाडौं । २०७९ चैत्र २०, सोमवार

भाषा, साहित्य र संगितका त्रिवेणी एवम् मैथिलीका महान साधक तथा वर्तमान समयका सुत्रधार धीरेन्द्र प्रेमर्षिको गीती पुस्तक (गीतक पोथी) “कोन सुर सजाबी?” को दोस्रो संस्करण प्रकाशित भएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १८ वर्ष पुर्व पहिलो संस्करण प्रकाशित भएको थियोे । पाठकको चाहना र लेखकको प्रयासमा पुनः यो दोस्रो संस्करणको रूपमा छापिएको हो ।

प्रख्यात मैथिली चित्रकार एस. सी. सुमनको आवरण चित्रमा सजिएर आएको यो संस्करण पठनिय एवम् सङ्ग्रहनिय रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका प्रकाशन विभागका कवि बसन्तराज अज्ञातले बताए ।

पुस्तक – कोन सुर सजाबी ?
लेखक – धीरेन्द्र प्रेमर्षि
प्रकाशक – नेपाल प्रज्ञा-प्रतिष्ठान
संस्करण – पहिलो, वि‍.सं. २०६१
दोस्रो, वि.सं. २०७९
पृष्ठ – १७६
मूल्य – रु. २४०।-
(प्राप्ति स्थान – विक्री कक्ष, नेपाल प्रज्ञा-प्रतिष्ठान)

Leave a Reply

Your email address will not be published. Required fields are marked *