प्रमोद सहनी, रौतहट । २०७९ चैत्र ०६, सोमवार

राैतहटको राजदेवी नगरपालिका वडा नम्बर १ पथरा टोलमा स्थानियको कुटाईबाट एक दलित युवाको मृत्युु भएको छ ।

पथरा टोल बस्ने भैरो दासले जिल्ला प्रहरी कार्यालय राैतहटमा दिएको जाहेरी अनुसार गत २४ गते वेलुका अन्दाजी ७ बजेकाे समयमा २५ वर्ष काे गजेन्द्र दासलाई स्थानिय गणेश यादव सहितका व्यक्तिहरुले कुटपिट गरेका थिए । फाल्गुन २५ गते दिउँसो दासको मृत्युु भएको थियोे। मृतक दास रौतहट बहिरा संघका साधारण सदस्य थिए ।

मृतककाे पाेष्टमार्टम तथा घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता उमाशंकर यादवले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *