कृष्ण सिंह, सर्लाही । २०७९ फाल्गुन १४, आइतवार

जनता समाजवादी पार्टी नेपाल (जसपा) निकट पत्रकारहरको संगठन प्रेस मञ्च नेपालको मधेस प्रदेश संयोजकमा अमरेन्द्रकुमार यादव, सह-संयोजकमा रामहृदय यादव, महासचिवमा बन्दना झा चयन भएको छ ।
यसैगरी कोषाध्यक्षमा माला राय र सदस्यहरुमा क्रमशः अर्जुन मण्डल, जितेन्द्रसिंह दनुवार, प्रेम चौहान, अरबिन्दकुमार महतो, राजकुमार पासवान, स्मृति मिश्रा, कुलदिप दास लगायत छन् । समितिको सल्लाहकारहरुमा मनोज यादव, श्यामसुन्दर यादव, मुकेश ठाकुर र अशोक दत्त चयन गरिएको आयोजक समितिका संयोजक यादवले जानकारी गराए।
उक्त भेलाले मधेस प्रदेश अन्तर्गत अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुमा तुरुन्त अधिवेशन सम्पन्न गर्दै ३ महिनाभित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको प्रेस मञ्च नेपाल संघीय समितिका उपाध्यक्ष मनोज यादवले जानकारी दिए । उनलाई प्रेस मञ्च नेपालको माघ २८ गते सम्पन्न सचिवालय बैठकले मधेस प्रदेशमा संगठन सुदुढीकरणको जिम्मेवारी दिएको छ ।