मुलुक डेस्क, काठमाडौं । २०७९ फाल्गुन ०८, सोमवार

नेपाल भारत खुला सिमा संबाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाको आज पहिलो दिन हनुमानगढी जनकपुरधाममा हेल्प डेस्क स्थापना गरिएको छ।

नेपाल भारत खुला सिमा संबाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मिथिला मध्यमा परिक्रमाको आज पहिलो दिन हनुमानगढी जनकपुरधाममा साधुसंन्त, महात्मा तथा श्रद्धालु भक्तजनहरुको सुबिधालाइ ध्यानमा राखी कृष्ण कुमार साहको अध्यक्षतामा हेल्प डेस्क स्थापना गरिएको छ।

उक्त अवसरमा प्राथमिक उपचार सहित चिया र पानीको पनि ब्यबस्था गरिएको थियो साधुसन्तहरुका लागि कम्बल र झुल समेत बितरण गरिएको संस्थाको सह सचिब रामजी रायले बताए। उक्त हेल्प डेस्कमा जिल्ला समन्वय समितिको सभापति राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर किशोरी साहकाे उपस्थिति रहेको थियोे ।
कार्यक्रममा तमलोपाकी नेत्री बिभा ठाकुर, क्लोथ बैंकको कोषाध्यक्ष रुबि झा, सचिब मनिष श्रीओम, नेपाल तरुण दलका नेता राकेश बिक्रम साह, धनेश्वर ठाकुर, पारस ठाकुर, सुनिल कुमार गुप्ताको सहभागीतामा संचालन गरिएको जानकारी नेपाल भारत खुला सीमा सम्वाद समुहका प्रवक्ता प्रमोद कुमार साहद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।