प्रमोद सहनी, रौतहट । २०७९ माघ २८, शनिवार

जय किसान बहुप्राविधिक शिक्षालय प्रगति पथमा लम्किदै छ। यो रौतहटको देवाही गोनाही नगरपालिका ९ मा अवस्थित छ।

जय किसान बहु प्राविधिक शिक्षालय तथा कृषि प्रधानमन्त्री प्रायोजना कार्यालय गरुडाको समायोजनमा प्रमुख ई.धनोज कुमार यादव, कृषि प्रधानमन्त्री प्रायोजना कार्यालय गरुडाका ई. उदय कुमार ठाकुर, प्राविधिक सरोज कुमार ठाकुर यस शिक्षालयका कृषि बाली बिज्ञान संकाय दोस्रो र तेस्रोका अन्तिम चरणमा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा हरियो घर (Green house), थोपा सिंचाई (ducks) बनाउनको निम्ति परिक्षण गर्नुका साथै नाप नक्शा लिईरहको छ।

कलेजको प्रगतिको बारेमा प्रकाश पार्दा पहिलाभन्दा धेरै नै सुधार देखिएको छ, रङ रोगन गरिनुका साथै कलेज परिसर पुरै पर्खालले घेरिएको छ। भौतिक सुधार र प्रगतिसँगै कलेजको पठन पाठन,अनुशासन कायम गराउनमा कलेज सफल देखिएको छ। समग्रमा कलेज प्रमुखको ११ महिनाको प्रगति उल्लेख्य रहेको देखिन्छ । शिक्षण सिकाई प्रभावकारी बनाउन शिक्षण सिकाईमा जोड़ प्रयोगात्मक अभ्यासमा जोड़ दिईएको छ । गुणस्तरीय सिकाइका लागि प्रयोगात्मक सामाग्री खरिद गरी जडान गरिएको छ।

देवाही गोनाही नगरपालिकासंगको समन्वयमा माटो पुर्ने कार्य भएको छ भने करिब २५६ मिटर पर्खाल निर्माण सकिएको छ । परिसरभित्र सोलार बत्तीको जडान गरिएको छ । व्यबसायिक तालिमका लागि ट्रेनिंग सेन्टर हल निर्माण भएको छ भने शैक्षिक तथा प्रशासनिक भवन पूर्णतया रंग रोगन गरिएको छ।

पोखरी मर्मत गरी माछा पालन कार्य भएको छ भन्ने विभिन्न प्रजातिका बोटबिरुवा लगाई शिक्षालयको सौंदर्यकरण गरिएको छ । त्यसैगरी करिब ८० प्रतिशत विषयहरु स्मार्ट बोर्डर प्रोजेक्टरद्वारा पढाईको व्यवस्था गरिएको छ ।
सिभिल इन्जिनयरिङ संकायतर्फ पलम्बिङ, कर्पेरेटरी, इलेक्ट्रिक इन्जिनियिङ्ग, मेटेरियल, इलेक्ट्रिसिटी र स्ट्रक्चर ल्याब सेटअप गरिएको छ। शिक्षालयमा थप ११ वटा सिसी क्यामरा जडान गरी जम्मा २२ वटा सिसी क्यामेरा जडान गरिएको छ । आईटी सोलुसन ल्याब सेटअप र कम्प्युटर ल्याब सेटअप पनि गरिएको छ ।

किसानहरुका लागि माटो परीक्षण, झ्याल ढोकाको मर्मतसँङै शैक्षिक भवन तथा प्रशासनिक भवनको छत मर्मत कार्य भएको, साईकल स्ट्यान्ड निर्माण भएको र सेफ्टी टङ्क निर्माण भइरहेको पुरानो बाउण्डरी वालमा तारवारले घेरी पुर्णतया मर्मत कार्य भईरहेको छ । यसरी जय किसान बहुप्राविधिक शिक्षालय प्रगति पथमा लम्किदै गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *