राजीव झा, जनकपुरधाम । २०७९ माघ १८, बुधवार

नेपाल-भारत बीचको सम्बन्ध संसारकै सबैभन्दा अलौकिक र पुरानो सम्बन्ध हो । युगौयुगदेखिको यो पारम्परिक र परस्पर सम्बन्धका अनेकौं आयामहरु छन् ।

दुई देशबीच सबैभन्दा मजबुत सम्बन्ध भनेको समाजिक, साँस्कृतिक, धार्मिक, भाषिक, रहनसहन र बेटीरोटीको सम्बन्ध हो । यसलाई पटक पटक भनिरहनु पर्ने आवश्यकता नभए पनि वर्तमान समयमा सनातन बैदिक हिन्दु धर्मका भगवान पुरुषोत्म श्री रामको जन्मभूमि अयोध्यामा श्रीराम मन्दीर निर्माण कार्यको शुरुवात भएको र यस शुभकार्यमा हिन्दु धमावलम्बीहरुले भगवान् विष्णुको अवतारका रुपमा मानिने शिलावाट भगवान् रामको बालस्वरुपको मूर्ति बनाइने भएको तथा उक्त शिला नेपालको कालीगण्डकीवाट लगिएको हुनाले दुई देश बीचको सम्बन्धलाई पुनः नविकरण गरेको छ ।

त्रेतायुगमा माता जानकी र भगवान रामको विवाहले नेपाल-भारतबीचको सम्बन्धलाई प्रगाढ बनाएको थियो । छ करोड साल पुरानो शिला नेपालको कालीगण्डकीबाट ल्याइएको र जनकपुर हुँदै भारतको उत्तरप्रदेशको अयोध्या लैजाने क्रममा वाटोमा स्वःस्फूर्त निस्केका श्रद्धालुहरुको उपस्थितिले नेपाल-भारत सम्बन्ध स्वतः मजबुत भएको र त्यसको महत्वलाई थप उचाईमा पुर्याएको छ ।

नेपाल-भारतबीचको सम्बन्ध धार्मिक मात्र नभई पारिवारिक, आर्थिक, सांस्कृतिक, पर्यटकीय लगायत जनशक्तिहरुको आदान प्रदानका सम्बन्ध पनि पर्दछन् । तसर्थ यस दुई देशबीचको पवित्र सम्बन्धलाई अझ बजमुत बनाउन नेपाल-भारत खुला सिमा संवाद समुह निरन्तर प्रयत्नशील रहदै आएका छौ ।
नेपाल-भारत सम्बन्ध अजरअमर रहनेमा नेपाल-भारत खुला सिमा संवाद समुह विश्वस्त पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *