राम अधार साह, महोत्तरी । २०७९ पौष १६, शनिवार

महोत्तरी मनराशिसवा १, मनराको जय दुर्गे स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्था लि. ले १७ औं बार्षिक साधरणसभा सम्पन्न गरेको छ् ।

संस्थाका अध्यक्ष दुखरन साहको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा मनराशिसवा नगरपालिकाका
नगर प्रमुख मोहन पाण्डेय प्रमुख आतिथ्यता रहेकोे थियो । समारोहमा अतिथिको रूपमा नगर उपप्रमुख शकुन्तला देवी, निवर्तमान मेयर संजय कुमार सिंह”मुन्नाजी”, वडा नं. १ का वडाअध्यक्ष गोविन्द चौरसिया र सहकारीका सहजकर्ता रामउदगार मण्डल लगायतको उपस्थिति रहेको थियो ।

दुर्गे स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्था लि. को १७ औं बार्षिक साधरणसभामा संस्थाका अध्यक्ष दुखरन साहले २०७९ आर्थिक मसान्तसम्म संस्थाले १ करोड ८३ लाख ५८ हजार बराबरको कारोबार गरेको जानकारी गराए । साथै संस्थामा अहिले ३१३ जना शेयरधनी सदस्य रहेको पनि जानकारी गराए । अतिथिको रुपमा राम नरेश रजक, मनराकट्टी प्रहरी चौकीका हवल्दार मुकेश तिवारी, कृषि शाखा मनराका सन्तोष कुमार भगत, सुनौलो विहान कृषि सहकारी संस्थाका व्यवस्थापक रजनी कुमारी सिंह सहितको उपस्तिथि रहेको थियो ।

महोत्तरी जिल्लाभर कारोबार गर्दै आएको यो संस्थाको ४ धुरमा आफ्नै २ तल्ले भवन रहेको छ । संस्थाको लागि जग्गा मनराका स्व. किशुनी साह एवं दुखनी देवी दम्पतीले उपलब्ध गराएको अध्यक्ष साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *