मुलुक डेस्क, काठमाडौं । २०७९ कार्तिक २९, मंगलवार

नेपाल नेशनल हस्पिटल र नेपाल सहकारी संस्थाबीच स्वास्थ्य सम्वन्धी सम्झौता भएको छ । बागबजारमा अवस्थित नेपाल सहकारीको प्रधान कार्यालयमा आज दुई पक्षबीच सो सम्झौता भएको हो ।

नेपाल सहकारीले कार्तिक १९ गते आफ्नो २७ औं वार्षिक साधारणसभा सम्पन्न गर्दै नयाँ नयाँ योजना ल्याउने घोषणा गरेको थियोे । सहकारीलाई जनतासंग प्रत्यक्ष जोडदै लैजाने लक्ष्य सहित अगाडि बढने जनाएको थियोे । यसै सन्दर्भमा वार्षिक साधारणसभा भएको १० दिन भित्रै यो दुई पक्षीय सम्झौता गरेको हो ।

दुई पक्षबीच भएको सो सम्झौतामा हस्पिटलको तर्फबाट मेडिकल डाइरेक्टर डा. प्रकाश पौड्याल र सहकारीको तर्फबाट अध्यक्ष राकेश कुमार सिंहले हस्ताक्षर गरेका थिए । सो अवसरमा सहकारीका संचालक राम कुमार त्रिपाठी, महाप्रबन्धक शोभा श्रेष्ठ, नायव महाप्रबन्धक मिठुलाल चौधरी सहितको उपस्थिति रहेकोे थियोे ।

दुई पक्षबीच भएको सो सम्झौतामा सहकारीमा आबद्ध सदस्य, संचालक र कार्यरत कर्मचारीको उपचारमा हस्पिटलको खर्चमा २०% तथा फार्मेसी खर्चमा १०% छुट दिने निर्णय गरिएको उल्लेख छ ।

२०७९ मंसिर ०१ गतेदेखि लागू हुने गरी सो सम्झौता पत्र दुई वर्षको लागि लागु गरिएको हो । तत्पश्चात नविकरणका आधारमा कायम रहने जनाइएको छ । साथै केही बुदा थपघट गर्नुपरे आपसी सहमतिमा संशोधन गर्न सकिने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *