संजीव सिंह, काठमाडौं । २०७९ कार्तिक २२, मंगलवार

सहकारी क्षेत्रमा अग्रणी एवं भरपर्दो नेपाल सहकारी संस्था लिमिटेडले २७ औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरेको छ ।

कार्तिक १९ गते शनिवार काठमाडौंकाे वालुवाटार स्थित ओपेरा रेष्ट्राे एण्ड वान्केट सम्पन्न २७ औं साधारण सभाको समुद्घाटन प्रमुख अतिथि डा. रवि शर्मा अर्याल (पुर्व न्यायाधीश, उच्च अदालत) तथा नेपाल सहकारी संस्था लिमिटेडका अध्यक्ष राकेश कुमार सिंहले संयुक्त रूपमा गरेका थिए ।

“जनताको आर्थिक निकास, सहकारीताको विकास” भन्ने मुल नारा लिई भव्यताका साथ सम्पन्न साधारण सभामा संचालक, शेयरधनि, लेखा समिति,सल्लाहकार, आगन्तुक एवं पत्रकारको उपस्थिति रहेको थियो । प्रमुख अतिथि अर्यालका अनुसार नेपाल सहकारीले शेयरधनीको पैसालाई २७ वर्षदेखि सुरक्षा प्रदान गर्नु आफैमा विस्वसनिय भएको बताए । साथै सहकारीले मुनाफासंगै सार्वजनिक हित र सरोकारको कार्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको संचालन संस्थाका नायव महाप्रबन्धक मिठुलाल चौधरीले गरेको थियो भने महाप्रबन्धक शोभा श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरिन । वरिष्ठ प्रशासन अधिकृत अनुपमा राणा(शाह), न्युरोड सेवाकेन्द्रका शाखा प्रमुख पुष्पा के. सि. (रायमाझी), लेखा अधिकृत आरती सिंह सहित संस्थाका कर्मचारीहरु अंकितमान सिंह, रुबि कुमारी सिंह, सुष्मा भट्टराई, सिमरन शाही, सुशान्त भट्टराई, रितिका श्रेष्ठ, भाविका जोशी, रिता रानाभाट लगायतको उपस्थिति रहेको थियो ।

संस्थाको २७ औं बार्षिक साधारण सभामा आ.व.०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र लेखापरिक्षण प्रतिवेदन सहित संचालक समितिको बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष सिंहले प्रस्तुत गरेका थिए । विश्व महामारी कोभिड-१९ संग जुझ्दै अघिल्लो वर्षहरुभन्दा यस वर्ष कारोबारमा केही सुधार भएको र यसका अतिरिक्त संस्थाले आफ्नो लगानी नीतिलाई अझ परिमार्जित गरि कडा छनौट विधिबाट कर्जा प्रवाह गर्ने नीति अवलम्वन गरेको छ । संगठनात्मक सुदृढीकरण, ब्यवस्थापकीय सुधारकासाथै खर्चमा मितब्ययीता अपनाई आम्दानी बृद्धि गर्ने लक्ष्य राखेको अध्यक्ष सिंहले बताए ।

आ.व. ०७८/७९ को अषाढ मसान्तसम्मको पुजी तथा दायित्वतर्फ कुल २६ करोड ७४ लाख ८८ हजार ६३२ रुपैयाको वित्तीय विवरण रहेको प्रतिवेदनमा उल्लेख छ । कर्जा प्रगति अवलोकन गर्दा संस्थाको श्रोततर्फ शेयर पूँजी रु. ७८ लाख ९४ हजार र निक्षेप तर्फ यस आर्थिक बर्षमा सम्म करिव रु.७ करोड ४२ लाख ९४ हजार संकलन भएकोमा ७ करोड ८२ लाख १० हजार संकलन भएकोमा ६ करोड ६५ लाख ९४ हजार लगानी भएको ब्यहोरा जानकारी प्रतिवेदनमा उल्लेख देखियो ।

गत चालु वर्षदेखि काठमाडौंको न्युरोडमा सेवा केन्द्र थप संचालन गरी कारोबार समेत गर्दै आएको र यसै वर्षदेखि पुनः थप एउटा शाखा संचालनमा ल्याउने योजना रहेको कार्यक्रममा जानकारी गराईयो । साथै उपत्यका सहित सातै प्रदेशमा थप शाखा खोल्ने लक्ष्य रहेको समेत अध्यक्ष सिंहले प्रष्ट पारे ।

देशव्यापी रकम पठाउने भरपर्दो माध्यम तथा संसारको जुनसुकै स्थानबाट पठाएको रकम संस्थाकाबाट तत्काल भुक्तानी लिन प्रभु मनि ट्रान्स्फर सेवा, मोबाईल बैंकिङ्ग जस्ता अन्य विद्युतिय कारोबार संगै डिजिटल सेवा प्रवाह गर्ने लक्ष्य रहेको छ् । संस्थाका सदस्य महानुभावहरुको सुविधालाई दृष्टिगत गरि न्यूनतम् शूल्कमा मासिक टेलिफोन/मोवाईल शूल्क, खानेपानी महशुल, विद्युत महशुल तथा मासिक स्कुल फि आदि संस्थाका बैकिङ कार्यालयबाट तिरिदिने ब्यवस्था संस्थाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *