मुलुक डेस्क, काठमाडौं । २०७९ असोज १९, बुधवार

बडादशैं अर्थात दुर्गा पुजा महोत्तरीको मनरामा शताब्दियौदेखि हर्षाेल्लासका साथ मनाइदै आएको परम्परा छ् । यो चाड हिन्दु धर्मावलम्बीको प्रमुख पर्वको रुपमा रहेको छ् । महोत्तरीको
मनरा र लोहरपट्टीमा मुर्ति पुजन र मेलाको परम्परा सर्वाधिक पुरानो रहेको छ् ।

घटस्थापनादेखि फुलपाती हुँदै महाष्टमी, महानवमी तथा विजयादशमीसम्म यहाँ ठुलो मेला लाग्ने गरेको ८४ वर्षीय स्थानीय जोगी सिंहले बताए । ऐतिहासिक नगरी मनराकट्टीमा दुर्गा पुजा धुमधाम र उत्साहका साथ विभिन्न झाँकी र कार्यक्रमका बीच मनाइदै आएकोले थप ख्याति पाएको अर्का स्थानीय कामेश्वर सिंह बताउछन् ।

दशैको अवधीभर मनरामा अवस्थित दुर्गा मन्दिरसंगै महारानी स्थान, महादेव मन्दिर, कारिक बाबा दरवार लगायतको मन्दिरहरुमा भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । भक्तजनको श्रद्धा एवं निष्ठा तथा फलिफाप हुने, कलश यात्रा, बेलन्योती, बेलतोरी, झिझिया नृत्य, बलिसहित पूजाआजा यहाँको विशेषता रहेको स्थानीय शिक्षक रामनरेश सिंह बताउँछन् ।

जिल्लाको प्रसिद्ध दुर्गा मन्दिरमा अष्टमी र नवमीका दिन पशु बलि सहित पूजाआजा हुने भएकाले बिहानैदेखि भक्तजनको बाक्लो भीड रहने गरेको बताउँछन् अर्का स्थानीय शिक्षक शुखचन्द्र मिश्र । यसैगरी दशकौंदेखि पुजाआजासंगै प्रवचन, कथा वाचन, डिबिया दशपैसीको नाच, अल्हा रुदलको नाच, बैदेही समुहको नाच, नाटक, आरकेश्टरा सहित विविध कार्यक्रमले यहाँको वातावरणमा थप आकर्षण दिने गरेको बताउँछन् दुर्गा पुजा समितिका अध्यक्ष रणधिरकुमार सिंह ।

शताब्दियौ पुरानो धार्मिक र सांस्कृतिक आस्थालाई कायम राख्न सफल यो नगरीमा दुर्गा पुजा बनाउने परिवार वा ब्यक्तिको मनोकामना अहिलेसम्म पुर्ण भएको बताउँछन् स्थानीय युवा नेता अमोदकुमार सिंह । प्रत्येक वर्ष एकजनाले संकल्प अनुसार मुर्ति बनवाउने गर्द्छन । यस वर्ष मुर्ति पुजन र निर्माण स्थानीय शुभासकुमार सिंहले गराएका हुन् । असत्यमाथी सत्यको विजय, मेलमिलाप र धरोहरको प्रतिकको पर्यावाची बनेको दुर्गा पुजा सन्देशको सम्वाहक पनि रहेको बताउँछन् स्थानीयहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *