मुलुक डेस्क, काठमाडौंमा । २०७९ श्रावण ३०, सोमवार

कला र कलाकारितालाई निरन्तरतासंगै थप उचाइमा पुर्याउन आदर्श विद्या सदनले आफ्ना विद्यार्थीलाई आज हात्तिवनमा स्थलगत चित्रकला भ्रमण गराएको छ ।

प्रकृतिको प्रत्यक्ष अवलोकनलाई रंग मार्फत ससाना विद्यार्थीले आआफ्नो क्यानभासमा कोर्दै चित्रकलाको वास्तविकलाई मुर्त रुप दिएको विद्यालयका शिक्षक अजय देसारले बताए । दुई दर्जन विद्यार्थीले प्रत्यक्ष रुपमा सातदोबाटोभन्दा १ किमिको दुरिमा रहेको हात्तिवन जंगलको अवलोकन भ्रमण गरेको थियो । हत्तिवनको जंगलमा रहेको किरातेश्वोर मन्दिर र त्यस वरिपरि रहेको प्राकृतिक दृश्यलाई विद्यार्थीहरुले स्वतन्त्र र स्वच्छन्द् तवरले आआफ्नो क्यान्भासमा उतारेका थिए ।

पठन पाठनसंगै को-करिकुलम गतिविधि मार्फत विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्दै सक्षम र सार्थक जिवनशैली जिउने वातावरण प्रदान गर्नु नै विद्यालयको लक्ष्य रहेको प्रधानाध्यापक दिपकराज जोशीको भनाइ रहेको छ । उनका अनुसार शिक्षालाई ब्यबहारिक तालिम र भ्रमणसंगै जोडदै अगाडि लाने योजना रहेको छ ।

ललितपुरको ग्वार्कोमा अवस्थित आदर्श विद्या सदन बिगत तीन दशकदेखि संचालनमा आएको विद्यालय हो । कक्षा १ देखि १० सम्म अध्यापन हुने यस विद्यालयमा ५०० अधिक विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक जोशीका अनुसार गुणस्तरीय शिक्षा र ब्यबहारिक एवं सिपमुलक ज्ञान दिनु नै विद्यालयको मुलभुत उदेश्य रहेको छ ।

हात्तिवनको किरातेश्वर मन्दिर भएको डाँडामा चित्रकलाको आधारभुत शिक्षासंगै प्रत्यक्षरुपमा लाइभ पेन्टिङ गर्नुको आनन्द र उत्साह छुट्टै रहेको कक्षा ६ मा अध्ययनरत जेनिशा भट्टराईले संयोगवसको भेटमा मुलुक टाइम्सलाई बताइन् । कक्षा ६ कै प्रेमशीला चौधरी र सुमित्रा तामाङले प्रत्यक्षरुपमा मन्दिरको स्केच बनाउदै मन हर्षित भएको बताइन् । यसैगरी कक्षा ७ कि विद्या कर्ण र कृषा खतिवडाले पनि रमणीय वातावरणमा पेन्टिङ बनाएको सुनाइन् । कक्षा ८ कि न्हुजा महर्जन एवं कक्षा ९ का युनिक महर्जन र आकृष बन्जाराले पनि गज्जबको चित्रकला बनाएको शिक्षक देसारले बताए । युनिकले आफ्नो नाम जस्तै पेनले मात्रै मन्दिर र घण्टीको युनिक चित्रकला तयार पारेका थिए ।

कक्षा ४ मा अध्ययनरत रेशम खडका, अनुष्का टुडु र प्रेरणा थिङले क्रमशः त्रिशुल, मन्दिर र झ्यालको पेन्टिङ बनाएका थिए । यसैक्रममा कक्षा ३ का अनुसुइया तिमिल्सिना, रोहिनी रावल, मर्सी सुनारी मगर सहित अन्यले पनि उत्साह र उमंगकासाथ चित्रकला बनाउन सफल भए । गर्मीको मौसममा शीतल र शान्त ठाँउमा चित्रकलाको ब्यबहारिक शिक्षासंगै चित्र कोर्न पाउनु सुखद भएको विद्यार्थी जेनिशाले बताइन् । शिक्षक चित्रकार देसारको पहलमा विद्यालयको सराहनीय कार्य भएको विद्यार्थी विद्या कर्णको बुझाइ थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *