मुलुक डेस्क, काठमाडौं । २०७९ असार १७, शुक्रवार

सुदुर पश्चिमको कैलाली जिल्ला अवस्तिथ धनगढी उपमहानगरपालिका मधेसी आयोगको आयोजनामा “नैतिकवान मधेश र नैतिक शिक्षा” विषयक अन्तर सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।

छठ पुजा समिति धनगढीको अध्यक्ष संतोष मंडलको अध्यक्षतामा आयोजित सो का्र्यक्रमका प्रमुख अतिथिको रुपमा मधेशी अयोगका सदस्य आभासेतु सिंह ले “नैतिकवान मधेशी तथा नैतिक शिक्षा विषयक” कार्यपत्र प्रस्तुत गरेकी थिईन । र सो कार्यपत्र माथि अधिवक्ता नाथुराम महतोले टिप्पणी गरेका थिए ।

धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि, पत्रकार मधेशी समुदायका अगुवा कार्यकर्ताहरु सहित को १५० जना सहभागिता भएको उक्त कार्यक्रममा मानवअधिकार आयोग धनगढीको प्रमुख मोहन जोशी, पत्रकार महासंधको अध्यक्ष हिमालय जोशी लगायत का वक्ताहरुले आ-आफ्ना विचार राखेको थियो । नेपालको पाठ्यक्रममा नैतिक शिक्षा समावेश हुनु पर्नेमा वक्ताहरुको बिशेष जोर रहेको थियो ।

मधेशी आयोगका शाखा अधिकृत रमेश दासद्वारा संचालित उक्त कार्यक्रम अवधिमा ५१ सदस्यीय “मधेशी नागरिक समाज” को गठन पनि गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *