मुलुक डेस्क, काठमाडौं । २०७९ असार १६, बिहिवार

अबिरल बर्षाको कारण जिता नदीमा आएको बाढीले दुई ठाउँमा बाँध कटान गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ को. बर्साइनको बर्साइन टोलस्थित खोलाले करिब ५ मिटर बाँध कटान गर्दा २५ घर जोखिममा परेको छ ।

यसैगरी वडा नं. ७ मा गत बर्ष भत्काएकै ठाउँमा जिता नदीको बाढीले पश्चिमी तटबन्ध भत्काएको छ । वडा नं. १ तिलाठीस्थित समेत खाँडो खोलाको पश्चिमी बाँधमा कटान लागेको छ । वडा नं. ७ र वडा नं. १ स्थित बाँधमा लागेको कटान नियन्त्रणको कार्य बुधबारबाटै शुरु गरिएको गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले बताए।

बाँध भत्किएको ठाउँहरुको बुधबार विहानै गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, वडा नं. ५ का वडाअध्यक्ष ललनप्रसाद राउत, ईन्जिनियर भाष्कर प्रसाद सिंह तथा विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झासहितको टोलीले निरीक्षण गरी आवश्यक मर्मत सम्भारको ब्यवस्थापन गर्न निर्देशन दिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *