मुलुक डेस्क | २०७९ असार १२, आइतबार

विपन्न नागरिकको स्वास्थ्य सेवामा सरल पहुँच स्थापित गर्नका लागि तिलाठी कोइलाडी गाउँपालिकाले विपन्न नागरिक उपचार कोष स्थापना गर्ने भएको छ । तिलाठी कोइलाडी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९/०८० कोबजेट, नीति तथा कार्यक्रममा सो कुरालाई समावेश गरेको हो ।गाउँपालिकाको छैठौं गाउँ सभाको उद्घाटन शुक्रबार सम्पन्न भएको छ । सो सभा सय बर्षिय जेष्ठ नागरिक पुहुप लाल खंगको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
तिलाठी कोइलाडी गाउँपालिकाको आ.व.०७९/०८० को कुल बजेट ४४ करोड ८२ लाख २० हजार ४०० रुपैयाँ मात्र रहेको छ । कुल बजेटको चालु तर्फ २५ करोड ८५ लाख ११ हजार ६ सय ५० रुपैयाँ र पूँजिगत तर्फ १८ करोड ९७ लाख ८ हजार ७ सय ५० रुपैयाँ रहेको छ । तिलाठी कोइलाडी गाउँपालिकाको कुल आन्तरिक आम्दानी ६० लाख रुपैयाँ प्रस्ताव गरिएको गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले बताउनुभयो ।

कूल बजेटमा संघबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ १२ करोड ८२ लाख र सशर्त अनुदानतर्फ १७ करोड ७२ लाख, राजस्व बाँडफाँडबाट ८ करोड २३ लाख ३७ हजार रुपैयाँ, समपुरक अनुदान १ करोड रुपैयाँ रहेको छ । यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ ९१ लाख ३८ हजार, राजस्व बाँडफाँडबाट ३७ लाख, विशेष अनुदानतर्फ ३० लाख र समपुरक अनुदानतर्फ २० लाख प्राप्त हुनेछ । यसैगरी युनिसेफबाट शर्त सहित विभिन्न बिषयगत क्षेत्रको लागि २ करोड ६६ लाख ४५ हजार ४ सय रुपैयाँ प्राप्त हुने अध्यक्ष मण्डलले बताउनुभयो । गाउँपालिकाको आठ वटै वडाहरुलाई आगामी आर्थिक बर्षको लागि वडा सिलिङ अन्तर्गत रु. ७१ लाख तोकिएको छ ।
गाउँपालिकाको आठ वटै वडाहरुलाई आगामी आर्थिक बर्षको लागि वडा सिलिङ अन्तर्गत रु. ६० लाख तोकिएको छ ।

आर्थिक, सामाजिक, कृषि र पूर्वाधार ः सुशासन र ब्यवहार परिवर्तन विकासको मूल आधारनारालाई आत्मसात गर्दै आ. ब. २०७९/०८० मा कृषि, शिक्षा, स्वास्थ्य तथा विपद् ब्यवस्थापनलाई प्राथमिकतामा राखिएको अध्यक्ष अरुण कुमार मण्डलले बताउनुभयो ।
खेतीको लागि कृषि मिटर जडान गरेका कृषकहरुलाई बर्षभरिमा लाग्ने महसुलमध्ये बढीमा १ हजार एक सय रुपैयासम्म गाउँपालिकाले अनुदान दिने प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले जानकारी दिनुभयो ।

कृषकलाई खेतीमा प्रोत्साहित गर्न धान, गहुँ, सर्सौं, मकैको बीऊमातथा प्लाष्टिकको स्प्रेयरमा पचास प्रतिशतसम्म अनुदान उपलब्ध गराइने, कोभि८ ज्ञढ को संक्रम०ाको सम्भावित जोखिमलाई ध्यानमा राखी क्वारेन्६ाईन तथा आइसोलेशनलाई सुविधा सम्पन्न बनाउन आवश्यक वजे६ विनियोजनगरिने भएको ५ ।

विभिन्न विकास साझेदार संस्थाहरुसँगको सहकार्यमा समुदायको सहभागितामा विपन्न वस्तीहरुका शौचालय नभएका घरहरुमा हातधुने सुविधा सहितको शौचालय निर्माण अभियान सञ्चालन गरिने, पालिकामा रहेका सबै कार्यालयहरु, शिक्षण संस्थाहरु र स्वास्थ्य संस्थाहरुमा निर्धारित मापदण्ड अनुसार खानेपानी, सरसफाइ र स्वच्छताको सुनिश्चित गरिनुका साथै खानेपानी र सरसफाइ अन्तर्गत निर्माण हुने सबै प्रकारका संरचनाहरु बाल, लैगिंक, अपागं र वाताबरणमैत्री हुने सुनिश्चित गरिने गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले बताउनुभयो ।

क्रिकेट खेलको विकासका लागि प्रशिक्षण शिविर सञ्चालन तथा तिलाठी कोइलाडी गाउँपालिका टी २० क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । यसैगरी क्रिकेट खेलमा महिलाको सहभागिता बढाउन प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम अधिकृत झाले बताउनुभयो ।
यसैगरी आर्थिक बर्ष २०७९/०८० मा ५ वटा विद्यालयमा चट्याङ प्रतिरोधी प्रणाली जडान गरिने तथामौसम पूर्वसूचना केन्द्र स्थापना गरिने छ ।

कर्मचारीहरुको पेशागत सुरक्षाका लागि कर्मचारी कल्याण कोषमा दश लाख रुपैयाँ थप गरिने भएको छ । छैठौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरु दिनेश्वर मिश्र, कमलकुमार मण्डल, रमेश कुमार मुखिया, ललनप्रसाद राउत, सत्यनारायण यादव, सदस्यहरु चन्दन कुमार झा, रफिद मन्सुरी सहितकाले मन्तब्य ब्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले स्वागत गर्नुभएको सो कार्यक्रम विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी जेष्ठ नागरिक पुहुप लाल खंगलाई अध्यक्ष अरुण कुमार मण्डलले दोसल्ला ओढाई सम्मान गर्नुभयो भने उपाध्यक्ष फुल कुमारी साहले महिला सदस्यहरुलाई सम्मान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *