राम अधार साह, महोत्तरी । २०७९ असार ०७, मंगलवार

महोत्तरीको मनराशिसवामा ८ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । आज २१ जुन अर्थात विश्व योग दिवसको अवसरमा “मानवताका लागि योग” भन्ने मुल नाराका साथ बृहत योगाअभ्यास गरि मनाइयो ।

आयुर्वेद शाखा मनराले आयोजना गरेको यो कार्यक्रम श्री दुर्गा माध्यमिक विद्यालयको सभाकक्षमा सयौंको उपस्थितिमा सम्पन्न भएको थियोे । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनराशिसवा नगरपालिकाका मेयर तथा युवा नेपाल समितिका महोत्तरी जिल्ला अध्यक्ष मोहन पान्डेय थिए भने प्रमुख योग प्रशिकक्षकको रुपमा हरि शरण पान्डे थिए । यसैगरी योग समिति महोत्तरीका जिल्ला अध्यक्ष राजाराम ठाकुर र आयुर्वेद शाखा मनराका अध्यक्ष बिजयकुमार ठाकुरको पनि उपस्थिति रहेकोे थियो ।

नगर उपप्रमुख शकुन्तला देवी, प्रमुख प्रशासकीय अधिकृत रन्जित यादव, दुर्गा मा. वि. का प्रधानाध्यापक कुमोद कुमार सिंह, महिला पतंजली याेग समिति महोत्तरी जिल्ला अध्यक्ष सुनिता महासेठ, कार्यपालिका सदस्य, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका शाखा प्रमुखहरु, सम्पुर्ण सामुदायिक विद्यालयका प्रअ, युवा नेपाल समितिका प्रशिक्षार्थीहरु लगायत सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । यसका साथै भोलिदेखि प्रत्येक बिहानी योग शिविर संचालन हुने जानकारी पनि कार्यक्रम मार्फत सार्वजनिक गरिएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *