मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०३, शुक्रवार

न्यायको माग गर्दै बिगत ७ दिनदेखि आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका-९, फुलहट्टा निवासी सोनालीकुमारी सिंह (निहारिका) र सरकारकारबीच ५ बुँदे सहमति भएको छ ।

राष्ट्रिय महिला आयोगकि सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसंग सहमति पश्चात् उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट हिजो राती जुस खाएर अनसन तोडेकी छिन् ।

प्रतिवादी शिवराम श्रेष्ठ र अनशनकर्ता निहारिकाको बच्चाको डिएनए परीक्षणको कानूनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनशनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको छ ।

सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनशनकर्ता सोनालिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *