मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०२, बिहिवार

विगत ३ वर्षदेखि न्यायका लागि राज्यको ढोका ढक्ढक्याउँदै आए पनि न्याय नपाउँदा २१ वर्षीया सोनाली कुमारी अर्थात निहारिका काखमा २१ महिनाको बच्चा लिएर आमरण अनशनमा बसेकी हुन ।

सोनालीले जेष्ठ २७ गते शुक्रवार दिउँसोदेखि माइतीघर मण्डलामा आमरण अनशनको शुरुवात गरिन तर प्रहरी प्रशासनले निषेधाज्ञा क्षेत्रमा प्रदर्शन गर्न पाइदैन भनेर त्यहीँ राति ९ बजे उनलाई हनुमानढोका चलान गरे । आज ७ दिन भयो उनले अनशन गरेको तर सरकार अझसम्म मौन छ । महिला अधिकारकर्मी, महिला आयोग अध्यक्ष कमला पराजुलीसहित उनलाई भेटनको लामो लिस्ट छ । सदनमा उनको बारेमा कुरा उठेको छ । मधेशी आयोगकी सदस्य आभा सेतु सिंहले पनि महिला आयोगसंग समन्वय गरेर यसलाई टुंग्याउने पक्षमा छिन् ।

सोनाली अर्थात निहारिका कुमारी आमा हुन् जो १७ वर्षको नाबालिग उमेरमा गर्भवती भइन् । उनको भनाई अनुसार बलात्कारबाटै गर्भ रह्यो । अरोपित धनुषाका शिवराज श्रेष्ठ र उसको परिवारले गर्भ रहेको थाहा पाएपछि बच्चालाई फाल्न अनेकन दबाव दिए तर सोनालीले बच्चालाई जन्म दिईछाडे ।

महोत्तरी जलेश्वर नगरपालिका वडा नम्बर ७, फुलहट्टा कि स्थाई बासिन्दा निहारिका अध्ययनको क्रममा जनकपुर रहदा शिवराजको सम्पर्कमा आएकी थिईन । प्रेम सम्बन्धबाट आपसी कहानी शुरूवात भएको दुवैजनाको बिवाद बच्चाको कारणले भएको प्रत्यक्षदर्शीले बताउँछन् । कारण जे भएपनि बच्चा सत्य हो र प्रमाणिकताकाे लागि डिएनए टेस्ट उनी लगायत आयोगकी सद्स्य सिंहको पनि रहेको छ ।

विगतमा पनि सोनालीको उजुरी मधेशी आयोगमा सद्स्य सिंहकै पहलमा दर्ता गरिएको थियो । तत्पश्चात मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले कानुनी निकासको लागि सोनालीलाई आयोगमै बोलाएर विज्ञहरुसंग छलफल एवं सहकार्य गराएको थियो ।

सोनालीको लडाइँमा मिडियाकर्मी, केही अधिकारकर्मी र व्यक्तिगतरुपमा आर्थिक तथा भौतिक सहयोग गर्ने बाहेक उनका आफन्त, परिवार र साथीले पुर्णत बहिष्कार गरेको अवस्था छ । यधपी मधेशी आयोगकी सदस्य आभा सेतु सिंहले आयोगको सिमारेखा भित्र रहि सम्वन्धित निकायसंग सहकार्य गर्ने प्रतिद्धता जाहेर गरेकी छिन् ।

आरोपित शिवराज श्रेष्ठ संगै सोनाली कुमारी (निहारिका)

Leave a Reply

Your email address will not be published. Required fields are marked *