मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ १८, बुधवार

महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. १, मनरा बजार मै नेपाल विद्युत प्राधिकरणको लापरबाहीको कारण कयौंपटक पटक सर्वसाधारण घाइते भएका छन् ।

तीन दशक पुरानो ११ केभिको प्रशारण लाइन यो नगरपालिका भएर प्रशारित छ । जसमध्ये मनरा बजारको बीचमै कामेश्वर भण्डारी मालीको पान पसलको माथी रहेको यो ट्रान्सफरमर खत्राको घण्टी हो । ट्रान्सफरमर सडकदेखि जम्मा ६ फिट माथी रहेको छ । वारम्वार सर्ट सर्किट भइ पडक्नाले कयौंपटक पटक सर्वसाधारण घाइते भएका छन् भने पशपन्छी र चराचुरुङ्गी मर्न बाध्य भएको छ । पान पसल अन्दाजी ५० वर्षदेखि संचालन हुँदै आएको छ ।

बिगत ८ महिना अगावै पीडित कामेश्वरले ब्यापारी, विद्यार्थी र सर्वसाधारणलाई ध्यानमा राख्दै उक्त विद्युतिय ट्रान्सफरमर सार्नको लागि वडा, नगरपालिका र विद्युत प्राधिकरणमा निवेदन दिदा पनि कुनै पक्षबाट सुनुवाइ भएको छैन । ट्रान्सफरमरको छेउछाउ मै करिब ३० वटा पसल, बैंक, मठ मन्दिर, प्रहरी चौकी, डाक्टर क्लिनिक, वडा कार्यालय र विद्यालय रहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *