कृष्ण सिंह, रौतहट । २०७८ चैत्र २७, आइतवार

नेपाली राजनीतिका शिखर पुरुष एवं मधेशका मसिहा नेता गजेन्द्रनारायण सिंहको सम्झनामा “गजेन्द्र स्मृति अस्पताल” को शुभारम्भ आज रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको छ ।

मधेशवादका प्रणेता एवं नेपाल सद्भावना पार्टीका संस्थापक नेता स्व. गजेन्द्रनारायण सिंहको ९७औं जन्मजयन्तीको अवसरमा आज आइतबार रौतहटको माधवनारायण-३ मा राष्ट्रपति भण्डारीले “गजेन्द्र स्मृति अस्पताल” को शुभारम्भ गरेकी हुन् ।

गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानसंगै लोसपाका नेता अनिलकुमार झा, मधेश प्रदेश सांसद डा. डिम्पल झा लगायतको पहलबाट गजेन्द्र स्मृति अस्पतालको निर्माण भएको हो ।

आजको शुभारम्भ कार्यक्रममा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिलकुमार झा, मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र, डा. डिम्पल झा, नेता राजीव झा, भारतीय महावाणिज्य दूतावास वीरगंजका शैलेन्द्र कुमार लगायत विशिष्ट व्यक्तित्व तथा हजारौंको संख्यामा जनसमुदायको सहभागिता रहेकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *