अनुशा थापा, भक्तपुर । २०७८ चैत्र १३, आइतवार

अहिले राजधानी काठ्माडौंमा प्रदुषण ह्वात्तै बढेको छ । बाहिरी जिल्लामा पनि प्रदुषण बढ्दो छ तर राजधानीले सबैलाई उछिनेको छ । वनजंगल र वृक्षहरु नहुनु, सडक कालोपत्रे नहुनु, बीस वर्ष कटेका सवारी साधनहरु चलाउनु प्रदुषणका मुख्य कारण हो । त्यसैगरी, इँट्टाभट्टाले गर्दा पनि राजधानीमा प्रदुषण बढिरहेको छ ।

बढ्दो प्रदुषणका कारण घरबाट बाहिरी निस्किन मुश्किल छ । प्रदुषणले गर्दा विभिन्न थरीका रोगसमेत लाग्ने गरेको छ । आँखा चिलाउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्यालगायतका रोगहरु लाग्ने जनस्वास्थ्यविद्हरु बताउछन् । वातावरण विभाग र यातायात व्यवस्था विभागले दुई पाङग्रे सवारीमा हरियो स्टीकर टाँस्ने व्यवस्था गरेको छैन् । सरकारले प्रदुषण कम होस् भनेर गाडीको इन्जिन चेकजाँच गर्ने गर्दछ । तर, सवारीधनीहरुले यातायात कार्यालयमा गाडी नै नलगी भन्सुन र पैसाको आडमा प्रदुषण पास भएको हरियो स्टीकर ल्याएर टाँस्छन् । सरकारी कर्मचारी, लेखनदास र गाडी साहुको मिलोमतोमा वातावरण बिगार्ने काम भइरहेको छ । नेपाल सरकारले अन्य मुलुकबाट भित्रिने सवारीहरुको भन्सारमै प्रदुषण चेकजाँच गर्ने निति ल्याउने हो भने त्यस्ता सवारी भित्रिने क्रम कम हुन्थ्यो । अटोशोरुमले इन्जिन चेकजाँच नगरी गाडी काठ्माडौं ल्याउछ र बेच्छ । किन्ने मान्छेले यातायात कार्यालयमा लगेर दर्ता गरेर, बिलबुक पाइसकेपछि मात्र न्जिन चेकजाँच हुन्छ ।
सरकारले बनाएको नियममा कुनैपनि सामानमा २० प्रतिशतभन्दा बढी नाफा खाएर बिक्रीवितरण गर्न पाउने भनिएको छ । तर, अटोशोरुमले एउटै सवारीमा दुईदेखि सात लाखसम्म नाफा खाइरहेका छन् । भारतसंग पाँच लाखमा खरिद गरेको गाडी अटोशोरुमले १० लाखमा बेचिरहेका छन् । यता, अटोशोरुमले एक सयवटा सवारी भित्राए भने बीसवटाको राजस्व तिर्छन् । भन्सारका कर्मचारीहरु मिलेर यो काम भइरहेको छ । कुल प्रदुषणको ४० प्रतिशत त सवारी साधनले मात्र ओगटेको छ । सरकारले २० वर्षे पुराना कालो प्लेटका गाडी हटाउने भनेर निर्णय गरेपनि सो कार्यान्वयनमा जान सकेको छैन् ।

निजी प्लेटतर्फको आकर्षण भाडाको गाडीमा भएको सिण्डिकेट नहट्नु पनि हो । ट्याक्सीको सट्टामा कार र बसको सट्टामा मोटरसाइकल यसले गर्दा ट्राफिक जाम र प्रदुषण दुवै बढ्यो । अव्यवस्थित शहरीकरणका कारण काठ्माडौं अस्तव्यस्त बनेको छ । शहरलाई कसरी व्यवस्थित बनाउने, ट्राफिक जाम कसरी कम गर्ने, प्रदुषण न्युनिकरणमा सरकारसंग कुनै पनि योजना छैन् । पेट्रोलबाट चल्नेलाई निरुसाहन गर्दै सरकारले विद्युतबाट चल्ने सवारीको दर्ता खोलिदिने हो भने प्रदुषण केही हदसम्म कम हुन सक्छ । त्यसैगरी, पछिल्लो समय आयल निगमको बढ्दो घाटा पनि कम हुन्छ । यसमा अटोशोरुमले ठुलो आर्थिक चलखेल गरेका छन् । जोसंग विद्युतीय सवारी साधन बेच्ने अनुमति छ उसले मात्र यस्तो सवारी साधन बेच्न पाउछ । फुट्पाथलाई पसल र सवारी पार्किङ गर्ने ठाँउ बनाइएको छ । सडकमा हिड्न नसक्ने अवस्था छ । जहीतही खाल्डाखुल्डी र खनेकोबाहेक अरु केही भेटिदैन् । राजधानीका सडकको अवस्था दयनीय छ प्रदुषणका कारण राजधानीमा बस्न निकै नै सकस छ । यदि उपत्यकाबाहिरका मानिसहरु राजधानी नआउने हो भने यहाँको व्यापार व्यवसायी सबै चुलुम्म डुब्छन् ।

राजधानी एकमात्र यस्तो ठाँउ हो जहाँ सबै मन्त्रालयहरु अवस्थित छन् । राष्ट्रपतिदेखि लिएर मन्त्री, प्रधानमन्त्री पनि यही बस्छन् । २०७० सालअघिको सरकारले देशैभरको इँट्टाभट्टा विस्थापन गर्ने निर्णय गरेको थियो । इट्टाभट्टाले धेरै प्रदुषण गर्ने र खेतीयोग्य जमिन पनि सखाप पार्ने भएकाले सरकारले यस्तो निर्णय गरेको थियो । खोलानालाबाट गिट्टी वालुवा निकाल्न र वनजंगलबाट ढुंगा उल्खनन गर्न प्रतिबन्ध लगाउने भनिएको थियो । २०७१ सालमा सुशील कोइराला प्रधानमन्त्री हुँदा उधोगमन्त्री महेश बस्नेतले अघिल्लो सरकारको निर्णय उल्टाइदियो । इँट्टाभट्टा र क्रसर उधोग सञ्चालन गर्न दिने भनियो । इट्टाभट्टाका कारण खेतीयोग्य जमिन पनि सकियो, प्रदुषण पनि बढ्यो । कोरोनाभन्दा पनि आक्रामक रुपमा प्रदुषण फैलिन बेर लाग्दैन् । इट्टाभट्टा र थोत्रा सवारी साधनका कारण वायुमण्डल पुरै ढाकिने दिन आउदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *