मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र १३, आइतवार

विश्वमा बढ्दै गएको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन् गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा नबिल बैंकले काठमाडौंको बौद्ध स्तुपाका पुराना लुङ्गटा (Prayers Flags) लाई विस्थापन गर्दै वातावरण मैत्री लुङ्गटा (Sustainable Prayer Flags) को शुरुवात गरी वातावरण सम्बन्धीको सचेतनामुलकतथा सन्देशमुलककार्यक्रम सम्पन्न गरेको छ ।

नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री वातावरणमैत्री नहुने भएकाले यिनीहरुको सविस्थापन गरी वातावरणमैत्री सामानप्रयोग गर्ने कार्य गरिएको हो । हरित उद्यमको क्षेत्रमा काम गर्दै आएकीआङ डोल्मा शेर्पाले नबिल बैंकबाट ऋणको सहयोगमाशुरु गरेको वातावरणमैत्री लुङ्गटा उत्पादनलाई प्रोत्साहन समेत गर्ने र विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपालाई वातावरणमैत्री सामग्रीको प्रयोगबाट स्वच्छ बनाउँने उदेश्यले यो कार्यको आरम्भ गरिएको हो ।

नबिल बैंककाअध्यक्ष उपेन्द्रप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह,विश्व वन्यजन्तु कोष नेपाल (WWF Nepal) का देश प्रतिनिधि डा. घन श्याम गुरुङ, सामाजिक अभिन्ता तथा गायिका आनि छोइङ डोल्मा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा तथा वातावरणको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा सरोकारवालाको उपस्थिति माग रिएको सो कार्यक्रममा सहभागिहरुले यो अभियानलाई व्यापकबनाउनु पर्नेमा जोड दिएको थियो । सो अवसरमा उपस्थित् अतिथिहरुले वातावरणमैत्री मैत्री लुङ्गटामा हस्ताक्षर गर्दै नेपालमै उत्पादन भएको वातावरणमैत्री सामान प्रयोग गर्ने यो अभियान प्रति ऐक्यबद्धता जनाएको थियो ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणको क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको छ । बैंकले नियमित बैंकिङ गतिविधि अन्तर्गत पनि दीगोविकासलाई सहयोग पुग्ने कार्य गर्दै आएको छ । यसै वर्ष देखि शुरु गरेको नबिलदीगो बैंकिङअन्तर्गत हरित उद्यम, कृषि, नविकरणीय उर्जाको क्षेत्रमा लगानी गर्ने र यस्ता उद्यमलाई प्रोत्साहन समेत गर्दै आएको छ । हरेक दीगोपनाको शुरुवात घरबाट हुन्छ भन्ने उद्घोषसहित शुरु भएको नबिलदीगो बैंकिङले समाजका विभिन्न क्षेत्र र व्यक्तिलाई जोड्ने र वातावरण संरक्षणमा विभिन्न योगदान गर्ने क्रियाकलापहरुलाई प्राथमिकतामा राखेको छ । विभिन्नअध्ययनहरुले देखाएअनुसार नेपाल जलवायु परिवर्तनको जोखिममा विश्वकै चौथौ स्थानमा पर्छ । बढ्दै गएको जलवायु परिवर्तनको असरले विपद्को प्रभाव समेत बढाउँने हुदा वतावरण संरक्षणप्रति सबै सचेत र सजगहुनु पर्छ भन्ने मान्यताका आधारमा नबिलले यस किसिमका अभियानलाई अघि बढाएको छ । विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ स्तुपामा दीगोपना भएका सामग्रीको प्रयोगलाई प्रबद्र्धन गर्न शुरु गरिएको यो अभियानलाई बैंकले आगामी दिनमा पनि निरन्तरता दिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *