मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र ०९, बुधवार

नबिलको बसन्ती प्रेरणादायी पात्र अभियान एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरु गरुेको छ ।

बसन्ती परियार एक यस्ती महिलाहुन् जसलाई पिडकले एसिड मात्र छर्केन, ६ पटकसम्म चक्कुप्रहार गरेर मरणासन्न हुने गरी उनको जीवन नै समाप्तगर्ने उदेश्यले आक्रमण गर्यो । एसिड आक्रमणबाट बाँच्न सफल उनि अब एउटा पिडितको रुपमा होइन बहादुरी जीवनयापकको रुपमाआफ्नो पहिचान बनाउन चाहन्छिन् ।

विगतका पिडाहरुलाई भुल्न नसके पनि बसन्ती ती पिडाहरु विरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रुपमा अघी बढीरहेकी छिन् । बसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासी अभियानलाई साथदिन नबिल बैंकले यो पहल गरेको हो । यो अभियानमार्फत नबिलले मानिसको भित्री रुपको शक्ति र सामथ्र्यलाई जोड दिने सन्देश सहित यो अभियानमार्फत सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उदेश्य राखेको छ ।

नबिल एसिड आक्रमणको अँध्यारो र उज्यालो पक्षहरूलाई उजागर गर्ने प्रयास गर्दैछ । यस अभियानको सुरुवातगर्न बैंकले बसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडियो तयार गरेको छ । यसै सिलसिलामा बैंकले विभिन्न क्षेत्रका विज्ञहरूलाई प्यानल राखेर एक छलफलको आयोजना समेत गरेको छ । वरिष्ठ सामाजिक अभियान्ता उज्वल थापा, संचारकर्मी आरती चटौत, वरिष्ठ प्रहरी उपरिक्षक दुर्गा सिंह र डा. रोजिना सिल्पकार सहितको प्यानल छलफलमा एसिड आक्रमण र हाम्रो समाजका विविध पाटोहरुका सवाल उठान गरिएको थियो । प्यानल छलफलमा समावेश विभिन्न क्षेत्रका विज्ञहरूसंग नेपालमा एसिड आक्रमणविरुद्धका कानुनहरू, एसिड आक्रमणका घटनाहरूको विगत/वर्तमान परिदृश्य, एसिड आक्रमण पीडितहरूका लागिउपलब्ध चिकित्सा हेरचाह/सहयोग सम्बन्धीविषयमा छलफल भएको थियो ।

एसिड आक्रमण पीडितहरूमा आत्मविश्वास बढाउँन र एसिड आक्रमणको बारेमाआमजागरूकता बढाउँन यो छलफलले सहयोग पुग्ने विश्वास गरिएको छ । यस्ता खालका छलफलले एसिड अपराधविरुद्ध समाजका सबै सदस्यलाई जागरुकबनाइ स्टिरियोटाइपहरू तोड्न मिडियाको भूमिका र योगदानको संभावनाको बारेमा समेत छलफल भएको थियो । बसन्तीमोडेल मात्र होइनन्, प्रेरणादायी पात्र हुन् भन्ने सन्देशसहितको नबिलको यो अभियानले एसिड आक्रमण जस्ता आपराधको अन्त्यकालागि एक सामूहिक सन्देश दिनखोजेको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *