अनुसा थापा, भक्तपुर ।२०७८ चैत्र ०९, बुधवार

नेपालमा भएका सवारी साधनमध्ये अधिकांश पेट्रोलडिजेलबाट चल्छन् । विद्युत र ग्याँसबाट चल्नेको संख्या निकै न्युन छ । मुलुकभर झण्डै ४२ लाख इन्धनबाट चल्ने सवारी साधन दर्ता छन् ।

यी सवारी साधन चल्न इन्धन त चाहिनै हाल्छ । इन्धन हाल्नको लगि मुलुकभर पेट्रोल पम्पहरु सञ्चालनमा छ । प्रत्येक केही मिटरमा पेट्रोल पम्पहरु भेटिन्छन् । तर, यी पेट्रोल पम्प सञ्चालकले विभिन्न विधि अप्नाई ठगिरहेका छन् । दुई लिटर इन्धन भरेको भनिएको हुन्छ, पैसा पनि सरकारले तोकेजति तिर्नुपरेको छ । तर, पम्प सञ्चालकहरुले दुई लिटर भनेर जम्मा डेढ लिटर इन्धन भरेका हुन्छ । मेसिन बिगारेर उनीहरुले गाडी धनीलाई ठगिरहेका छन् ।
हावा भरेको पनि पम्प सञ्चालकहरुले पैसा असुलिरहेका छन् ।

इन्धन भर्ने गाडी धनीले मेसिनमा हेर्छन्, त्यहाँँ आएको अंकजति पैसा तिर्छन् तर उनीलाई आफु ठगिएकोबारे थाहा हुदैन् । कतिलाई शंका लागेपनि उनीहरुले केही गर्न सकेका छैनन् । सवारी साधनको टंयाङकीमा हालेको तेल निकालेर नाप्छु भनेर असम्भव झै छ । एक लिटर पेट्रोलले २० किमि गुड्न पर्ने ठाँउमा १३ किमि इन्धन सिद्धियो भने सवारी साधनले के सोच्लान् । एकातिर उसले पेट्रोल पम्पले मलाई थोरै इन्धन दिएछ भन्ने आशंका गर्छ । अर्कोतिर इन्जिन बिग्रिएर गाडीले धेरै इन्धन खाएको होला भन्ने उसको मनमा पर्छ । कतिपयले इन्जिन चेक गर्नसमेत लग्छन् । वर्कसपले इन्जिन ठिक छ बिग्रिएको छैन् भनिसकेपछि उसको पेट्रोल पम्पतिर ध्यान मोडिन्छ । आफुलाई कारण थाहा हुदाँहुदै पनि उसले केही गर्न सक्दैन् । किन कि ऊसंग प्रमाण केही पनि हुदैन् ।

सवारी साधनको टयांकमा भरेको तेल चुहिदाँ पनि चुहिदैन् । त्यहाँभित्र हावा छिर्न पनि सक्दैन् । अनि इन्धन गयो कहाँ ? यो त सिधैं पेट्रोल पम्पको ठगी होइन् र ? पम्पका कर्मचारीहरुले इन्धन भर्ने बेलामा नरोकी इन्धन हाले भने पुरा तेल जान्छ । तर, उनीहरुले त्यस्तो गर्दैनन् । बिचमा उनीहरुले पाइपलाई रोकी रहन्छन् र इन्धनको सट्टा हावा र ग्याँस जान्छ । पछिल्लो समय निजी प्लेटका सवारीधनीहरु इन्धन हाल्न जान्छन् तर गाडीबाट ओलिदैनन् । उसले विश्वास गरेर यति लिटर इन्धन हालिदिनुस भन्छ । यता, यसको फाइदा उठाउदै पम्पका कर्मचारीले दुईतीन लिटर इन्धन नै हिनामिना गर्छन् । तर, गाडीसाहुले त पुरै पैसा तिर्नुपरेको छ । पेट्रोलपम्पको मेसिन बिग्रिएको छ कि मिटर बिगारेर हामीलाई ठगेका छन् कि यसबारे जनतालाई ज्ञान छैन् । त्यस्तै, गुणस्तर तथा नापतौल विभागले लगाएको सिल तोडेको छ कि बिगारिएको छ त्यो पनि जनतालाई थाहा छैन् ।

जनता नठगियोस् र पम्पले ठग्न नपाओस् भनेर नापतौल विभागले सिल त माप्यो । तर, फितलो अनुगमन छ् । नापतौल विभागले अनुगमन नगर्नुपछिको कारण आर्थिक प्रलोभन पनि हो । पम्पहरुले जति ठगेपनि विभाग चाल नपाएझै बसेको छ । कतिपयले सिल र मिटर बिगारेर जनता ठगिरहेका होलान् । अनुगमन गर्नेबित्तिकै यो त छर्लङग हुन्छ । उपत्यकाभित्र सञ्चालन भएकालाई त विभागले अनुगमन गरेको छैन् भने बाहिरको कल्पना नै नगरे हुन्छ ।

मुलुकभर ७ सय बढी पेट्रोल पम्प सञ्चालनमा रहेको तथ्याङ छ । तीमध्ये कतिले नियम मानेका छन् यसको तथ्याङ भने सरकारसंग छैन् । त्यसैगरी, कतिवटा पेट्रोल पम्पले नियम मिचेका छन् यसको लेखाजोखा पनि राखिएको छैन् । लेखाजोखा नराख्नुको कारण कमिशन भएको बुझिन्छ । विभागको डिजी दीनानाथ मिश्रले पम्पहरुको पक्षमा रहेर अनुगमन नगर्दा जनता ठगिने क्रम रोकिएको छैन् । आयल निगमको महिनादिन पनि बित्न नपाउदै इन्धनको मुल्य बढाउछ । पछिल्लो समय इन्धनको मुल्य निरन्तर उकालो लागिरहेको छ ।
हाल रु १५५ प्रति लिटर मुल्य हुँदा पनि जनता तिर्न बाध्य छन् । सरकारले तोकेजति रकम तिरेपछि तेल पनि तोकेजति नै पाउनुपर्ने तर अवस्था त्यस्तो छैन । तर, पैसा तिरेर पनि जनताले कम इन्धन पाइरहेका छन् । अनि कहाँ छ सरकार ?

अनुगमनमा नियमनकारी निकायले उदासिनता देखाउदा र उजुरी गर्ने ठाँउको अभाव हुँदा पम्प व्यवसायीको जनता ठग्ने मनोबल झनै बढ्दै गएको छ । उधोग मन्त्रालयले यस विषयमा मौनधारण गरेर बसेको छ । नापतौल विभाग पम्प व्यवसायीकै पक्षमा छ । बिचमा पिल्सिने त जनता मात्रै भए । सिल नचुडाइकन, दाग नलगाईकन उनीहरुले मिटर मिलाएका हुन्छ जसको अत्तोपत्तो कसैलाई हुदैन् । नापतौलका कर्मचारीबाहेक अरु कसैले पनि सिल ठिक छ कि छैन् यसको जवाफ दिन कठिन छ् ।
विगत दुई वर्षदेखि पेट्रोल पम्पहरुमा अनुगमन गरिएको छैन् । यता, पम्प व्यवसायीहरुले राजस्व पनि छली गरिरहेका छन् । आयल निगम र पम्पबिच कमिशनको हल्ला सुनिन्छ । सरकारले राजस्व उठाउनका लागि पेट्रोल पम्पहरुलाई पनि घरेलु र कम्पनीमा लगेर पञ्जीकरण गर्ने व्यवस्था मिलाउनुपर्छ । पम्पहरुमा पञ्जीकरण लागु गर्ने हो भने राज्यको ढुकुटीमा अरबौ रुपैंया राजस्व संकलन हुन्छ । सरकारले कतिले मिटर बिगारेका छन् कतिले छैनन् यसको लेखाजोखा जनतालाई दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *