मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र ०२, बुधवार

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले साना तथा मझौला स्तरका मोबाइल विक्रिवितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघ संग सम्झौता गरेको छ ।

यस सम्झौताअन्तर्गत मोबाइल वितरकको संजालमा रहेका खुद्रा विक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु पुँजीमा लगानी गर्ने उद्देश्यका साथ च्यानल फाइनान्सीङ कर्जा सुविधा उपलब्ध गराउनेछ । साथै, आफनो व्यवसायको आवश्कता बमोजिम मोबाइल वितरकले बैंकको कर्जानीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्घ सेवा सुविधाहरु प्राप्तहुने सम्झौतामाउल्लेख गरिएको छ ।
उक्त सम्झौतामा नबिल बैंकका तर्फबाट साना, मझौला तथा लघुवित्त कर्जा प्रमुखश्री निरज कुमार बस्नेत (डनिल), र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याड्योले हस्ताक्षर गरेका छन् ।

साझेदारीको बारेमा बोल्दै बस्नेत (डनिल)ले नबिल बैक सदैब साना तथा मझौला स्तरका व्यवसायीहरुको दिगो विकासको लागी समयसान्दर्भिक कर्जा तथा सुविधाहरु सरल र सहज किसिमले बढी भन्दा बढी व्यवसायीहरुको पहुँचमा पुरयाउननिरन्तर लागी परिरहेको जानकारी गराए । यस साझेदारी अन्तर्गत संघ संग आबद्ध भएका नेपालभरी छरिएर रहेका मोबाइल वितरक वित्तीय आवश्यकता सरल र सहज ढंगले समाधान गर्ने लक्ष्य रहेको बैंकको संस्थागत संचार बिभागद्वारा जारी विज्ञ्यप्तीमा उल्लेख गरिएको छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *