मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र ०१, मंगलवार

२०२१ मा अन्तराष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा र वर्ल्ड इकोनोमिक्स कपमा नेपालको तर्फबाट पदक विजेता ७ जना प्रतिस्पर्धीहरुलाई नेपाल इकोनोमिक्स ओलम्पियाडमाले सम्मान र पदक वितरण गरेको छ् ।

योङ्ग इकोनोमिस्ट सोसाइटी नेपालले आयोजना गरेको तेश्रो नेपाल इकोनोमिक्स ओलम्पियाड २०२२ को राष्ट्रिय प्रतिस्पर्धा फाल्गुन २८ बाट काठमाडौँ कलेज अफ म्यानेजमेन्टमा सुरु भएको छ | चार दिन सम्म चल्ने प्रतिस्पर्धाको उद्घाटन प्रमुख अतिथि राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले उद्घाटन गरेका थिए |

सात वटै प्रदेशबाट ७५ जना प्रतिस्पर्धी सहभागी भएका छन् | प्रतिस्पर्धाको पहिलो दिन अर्थशास्त्रको परीक्षा, उद्घाटन सत्र र २ वटा प्रशिक्षण सत्र भएका थिए । उद्घाटन सत्र सम्बोधन गर्नेमा नेपाल बंगलादेश बैंक संचालक समितिका निर्देशक इन्द्र बहादुर थापा, नेपाल इकोनोमिक्स ओलम्पियाडमा बोर्ड अफ ट्रस्ट तथा बैंकर एसोसियसनका पुर्व अध्यक्ष भुवन कुमार दाहाल, नेपाल इकोनोमिक्स ओलम्पियाडका सह-संस्थापक भूप देव शाह, ओलम्पियाडकै सिजल श्रेष्ठ, मनोज नाथ योगी र करियर एचिभर्स क्लबका प्रशान्त डंगोल लगायतले गरेका थिए |

सम्बन्धित बिषयका प्रतिभाहरूको खोजि गरी देशै भरी सातै प्रदेशमा पौष २४ गते क्षेत्रीय प्रतिस्पर्धा सम्पन्न गरेको भूप देव शाहले जनाए ।११० विद्यालयबाट ७८९ विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । चार दिनसम्म चल्ने प्रतिस्पर्धामा अर्थशास्त्र, बिजनेस केस एनालिसिस र वित्तीय साक्षरता गरी तीन विधामा परीक्षा हुनेछ भने अर्थशास्त्र, व्यापार विषयमा लेक्चर सेसनहरू, व्यक्तित्व विकास तालिमहरु र विषयगत चलचित्र प्रदर्शन पनि गरिने छ । त्यसमध्ये ओलम्पियाडका विजेता ११ जनाले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन ।

देशमा रहेका वरिष्ठ अर्थशास्त्रीहरू र विषय विज्ञहरूले सहभागीलाई उत्प्रेरणा तथा विषयगत ज्ञान प्रदान गर्नेछन र नेपाल इकोनोमिक्स ओलम्पियाडमा अर्थशास्त्र, व्यवसाय र वित्तीय साक्षरतामा रुचि राख्ने विद्यार्थीहरूबिच यसै विषयको सेरोफेरोमा प्रतिस्पर्धा गराउने यो नेपालको सबैभन्दा ठुलो प्रतिस्पर्धा हो ।

यस नवीन र पृथक कार्यक्रमले विद्यार्थीहरूको तार्किक, बौद्धिक र सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न ठुलो भूमिका खेल्दै आएको शाहको विश्वास छ र प्रत्येक वर्ष क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरी तीन चरणमा विगत ३ वर्षदेखि यो प्रतिस्पर्धा हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *