जानकी चलाउने
काठमाडौं

२०७८ फाल्गुन २४ गते मंगलबार

आजभोली मस्त बजार तातेको छ,
पक्ष विपक्षमा भेडाँहरु कुर्लेका छ,
नाराबाजी तथानाम गाली र गलौज,
सराप्दै धिकार्दै खिसिट्याउ गर्दैछन,
यो यस्तो त्यो त्यस्तो भन्नेहरु हो,
एक छिन ठन्डा दिमाखले सोच त,
दोष पिडीत वा पिडकको मात्र होरु

नाबालिका अन्तरअङग अभिनय गर्छिन,
वयस्क भूमिकामा लठठ् जवानका साथमा,
जवानिका भाका र शब्दहरु गुन्गुनाँउदै,
हामी फुरुङग परी प्रसँसा गर्छौ,
उत्तेजक युगल अभिनय र स्पर्शले,
बालमष्तिस्क मा कौतुहलता जाग्दो हो,
के हामी, हाम्रो समाज दोषी नहुने ?

सँवेदनशिल अपराधका मुद्धा गिजोल्ने,
छोरीलाई अशँ , शिक्षा र समानता नदिने,
पाउनेहरु पनि आधुनिक हुँ भन्दै रमाउने,
चुरोट , वाइन, डिस्को , मनलाग्दी गर्दै हिड्ने,
महिला शसक्तिकरणका नारा लगाउनेहरु
मरे पछि लासको व्यापार गर्छौ
के तिमी दोषी कहिलै नहुने ?

समाजका मूल्य , मान्यता र वन्धनबाट,
पितृसत्ताको आडम्वर र अहँकार बाट,
सदियौँ देखि जकडिएका महिलाहरु हो,
लामो सङघर्ष र त्यागबाट पाएको मुक्तीमा,
तिम्रो भूमिका र स्वतन्त्रता यति हो,
तिमी सँयम ,सचेत र जवाफदेहि नहुने,
सधैँ दोष जति अरुलाई थोपर्ने ?

मैले हिजो नै भनेको हो छोरी पढाँउ,
कुनाकन्दरामा चेतना बुलन्द गरौँ,
शोषण ,पिडन र अत्याचार विरुद्ध ,
नानीहरुलाई जागरुक र लड्न सक्ने बनाउँ
बलत्कारीलाई फाँसीको सजाय माग गरौँ,
नारी अङ्ग पोल्ने तेलका खानीहरु जलाउँ,
त्यो बेला कानमा तेल हालेर बस्नेहरु,
के अनि आज तिमीहरु दोषी नहुने ?

सधैँ एकले अर्कालाई दोष दिने,
व्यक्ति अनि समाजले उन्मुक्ती पाउने,
अभिभावक किकर्तव्यविमुढ हुने
सन्तानहरु स्वतन्त्रताका नाममा बरालिने
कसैको अस्मिता लुटियो कति आफैँ लुटिए,
कसैको घाँटी थिचियो कति रोदन मिचियो
अनि फेरी दोष अरुको मात्र हुने,
तपाँईको चाँहि हुँदै नहुने ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *