बद्री नाथ झा, महोत्तरी । २०७८ फाल्गुन २३ सोमवार

परिक्रमा ब्यबस्थापन समितिको चरम लपरवाहीको कारण मिथिला माध्यमिकी परिक्रमामा बेहोस भएर एक महिलाको मृत्यु भएको छ । उनी बिहारको मधुवनी जिल्ला भाईसपट्टी थाना बासुपट्टी बस्ने राजेन्द्र साहकी श्रीमती ५० वर्षीया प्रमीला देवी साह हुन् । महोत्तरीको मटिहानी पडावस्थलबाट जलेश्वरकोलागि निस्केको परिक्रमा अन्तर्गत आज बिहान ९ बजेर १० मिनेटमा जलेश्वर नगरपालिका २ साहुजीपटी नजिक पोखरीमा नुहाउने क्रममा रिंगाटा लागेर उनी बेहोस भएकी थिइन् ।

उपचारको लागि जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पताल लैजादा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनको शव पोस्टमार्टमकोलागि जलेश्वर अस्पतालमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *