मुलुक डेस्क , बारा । २०७८ फागुन २१, शनिवार

प्रतिबन्धित लागूऔषध भारततर्फ लैजान लागेको १२० किलो गाँजा सशस्त्र प्रहरीले बाराबाट बरामद गरेको छ । शुक्रबार राति बाराको देवताल गाउँपालिका ७ पिपरपाती पसहा खाेला स्थित नेपाल भारत सीमा क्षेत्रबाट ८ पाेका अवैध लागूऔषध गाँजा बरामद गरेको हाे ।

भारत तर्फै लैजान लागेको ८ वटा प्लास्टिकको पाेकामा प्याक गरेको १२० किलो गाँजा बरामद गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख ( डिआइजी ) गणेश ठाडा मगरले जानकारी दिए ।

विअेापी दक्षिण झिटकैयाबाट सहायक प्रहरी निरीक्षक चन्द्र बहादुर मगरको कमान्डमा खटेकाे ६ जनाको गस्तीकाे टाेलीले साे परिमाणको गाँजा बरामद गरेको हाे । प्रहरीलाई देख्ने बितिकै मानिसहरुले साे गाँजा छाडेर फरार भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *