बद्री नाथ झा, जनकपुरधाम । २०७८ फाल्गुन १८, बुधवार

“नेपालकै सबभन्दा लामो धार्मिक पदयात्रा । मधेशको महाकुम्भ अर्थात मिथिलामा १५ दिने परिक्रमाको बिधिवत सुरुवात।”

धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा यात्राको लागि प्रस्थान गरेपछि १५ दिवसीय परिक्रमा विधिवत रुपमा प्रारम्भ हुनेछ ।

मिथिला बिहारीको डोला अग्नीकुण्डमा दिउँसो विश्राम गरेर किशोरजीको डोलासहित जनकपुरको हनुमाननगर पुग्ने छ । हनुमाननगरमा रात्री विश्रामपछि मिथिला बिहारी र किशोरीजीको डोला आउदो फाल्गुन २० गते शुक्रबार भारतको कल्याणेश्वरको लागि प्रस्थान गर्नेछ ।

जनकपुरको हनुमान नगरबाट बिहारको कल्याणेश्वर र गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कंचनवन हुदै धनुषा जिल्लाको औरही आइपुग्ने छ । अत्यन्त निष्ठा, श्रद्धा र भक्तिपूर्वक परिक्रमा यात्री खाली खुट्टा १५ दिवसीय परिक्रमामा १३५ किलोमीटरको यात्रा गर्दै आएका छन् । मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्रा फलदायी हुन्छ ।

कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर, कुशमेश्र लगायतको परिक्रमा गरेमा पापबाट मुक्ति पाउने, रोगब्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्ति हुने धनुषा कचुरीस्थित मिथिला बिहारी मन्दिरका पुजारी राम बहादुर पाठकले बताए । ढोलक, डमरूको ध्वनिसगै श्रद्धालु मिथिला बिहारीका डोलाका पछिपछि श्रद्धाभक्तिका साथ परिक्रमा गरिरहेको दृश्यले जो कोहीलाई पनि मोहित पार्छ ।

परिक्रमामा धनुषा, महोत्तरी, सिरहा, सर्लाहीसहित भारतका सीमावर्ती जिल्लाका श्रद्धालुहरु सामेल हुने गरेका छन् । फागु पुर्णिमाको दिन अन्तगृह परिक्रमा समाप्त भएपछि त्यसको भोलीपल्ट मात्रै तराईका जिल्लाहरुमा होली मनाउने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *