कृष्ण विह्वल, ललितपुर । २०७८ फाल्गुन १७, मंगलवार

विह्वल भनेको दुःख, चिन्ता, शोक, भय, भ्रम, तनाव, गम्भिरता, आदि कारणले गर्दा मनमा अशान्ति हुने अवस्था हो । वास्तवमा मानव जीवनको हर बखतमा पनि विह्वलभावले निरन्तर रुपमा पछ्याई नै रहने गर्दछ जसलाई सजिलै निराकरण गर्न मुस्किल पर्दछ ।

विह्वलभाव वा विह्वलता हरेक मानव जीवनको जुनसुकै अवस्थामा पनि बिद्यमान रहन्छ । विह्वलभाव अनेक कारणद्वारा मनमा अशान्ति हुने अवस्था हुने भएको हुँदा यस भावलाई नकारात्मक रुपमा लिनु आवश्यक छैन् । विह्वलभाव पक्कै पनि नकारात्मक पक्ष वा सोच हैन् । जस्तो कि, मान्छेमा कुनै एउटा गम्भिर रोग लाग्ने बित्तिकै ऊ मरी हाल्छ भन्ने अवस्था हुन्नँ । बाटोमा गुडी रहेको वा चलिरहेको मोटर गाडी एक्कासी बन्द हुने बित्तिकै त्यो मोटर गाडी बिग्रि हाल्यो भन्न सकिन्नँ । सूर्यलाई बादलले छेकी हाल्ने बित्तिकै पानी पर्छ भन्ने हुन्नँ । यस्ता थुप्रै स्थितिहरुको र्सिजना हुन सक्छन् । हामीमा कुनै घटना वा परिस्थिति आउनासाथ त्यस पछिको परिघटनालाई अगाडि बढाउँछौँ वा सामना गछौँ । त्यो कार्य वा अवस्था स्वभाविक हो । तर त्यो नकारात्मक हुन्छ भने हुन्नँ । यदि त्यो कार्य वा अवस्था नकारात्मकै भए तापनि सत्यानासै हुन्नँ । त्यसको आयु वा जीवनी समाप्त हुन्छ भन्ने हुन्नँ ।

विह्वलता वा विह्वलभाव मानव जीवनको एक अपरिहार्य सग्लो भाव हो । यो निरन्तर जारी नै रहने अवस्था हो । यो विह्वलता जुनसुकै बेला पनि कायम रहन सक्छ । यसलाई सफलताले मात्र जित्न सक्छ भन्ने हुन्नँ । सफलता भनेको एक प्रकारको एउटा स्तर वा तहको उच्चतम बिन्दु पार भएको अवस्था मात्र हो । यो केही समयको लागि मात्र कायम रहन सक्छ । सफलता पछि पनि अर्को कार्य अवस्थालाई कायम वा निरन्तर त्यही स्तरानुसार अगाडि बढाउनु पर्ने हुन्छ । त्यसको लागि पनि विभिन्न भाव वा परिस्थितिहरुलाई सामना वा अपनाई रहनु पर्ने हुन्छ । जब त्यो स्तरको भाव वा परिस्थितिको माहोल र्सिजना हुन्छ तब त्यहाँ विह्वलता वा विह्वलभावले पछ्याउने गर्दछ । जस्तो कि, कुनै एक जना मानिसलाई जागिर खानु छ । उसलाई जागिरको विह्वलता त छँदैछ । उसले जागिर पाईसके पछि पनि उसलाई एक पछि अर्को विह्वलताले पछ्याई नै रहने गर्दछ । जसोतसो गरी जागिर त प्राप्त गर्छ । त्यस पश्चात उसले दिनहुँ त्यो कामलाई निरन्तरता दिन सक्ने हो कि हैन् । उसले त्यहाँ के के काम गर्नु पर्ने हो ? कस्तो परिस्थिति आउने हो ? त्यसलाई सामना गरी जागिरमा टिकि रहने हो कि हैन् ? अरुले उसलाई कस्तो व्यवहार गर्ने होलान् ? हाकिमले उसलाई कसरी हेर्ने होला ? आफूले काम गरेर अरुलाई चित्त बुझाउने सक्ने हो कि हैन् ? यस्तै यावत कुराहरु उसको मनमा आई रहन्छ । यी सबै कुराहरु पक्कै पनि नकारात्मक त हैनन् । समसामायिक बिषयसँग सम्बन्धित परिघटनाहरु हुन् ।

यस्तै परिघटनाहरु मानवको जीवनमा निरन्तर एक पछि अर्को आई रहन्छ र सामना गरी रहनु पर्ने हुन्छ । यस्तै हरेक अवस्थालाई सामना गर्ने गरी अशान्त रूपमा मनमा खलबल मचिरहने सोचनिय चिन्तन सकारात्मक वा नकारात्मक भाव वा परिघटनालाई हामी विह्वलता वा विह्वलभाव भन्न सकिन्छ ।
जो जीवनमा अगाडि बढ्नु छ, सफलता प्राप्त गर्नु छ, उसलाई मात्र बढी विह्वलता हुन्छ भन्ने छैन् । जो निस्क्रिय भएर जीवनमा रोगी, बेरोजगारीको अवस्थामा रहेको हुन्छ, उसलाई रगत सञ्चार झैँ मनमा तरङ्गित विह्वलताले पछ्याई रहन्छ । चाहे सकारात्मक होस् वा चाहे नकारात्मक सोच वा परिस्थिति होस् । यो एक प्रकारको मानव जीवनसँग सम्बन्धित सग्लो रुपमा उत्पन्न हुने तरङ्ग नै मान्नु पर्दछ । यो एउटा प्राकृतिक भाव वा अवस्था हो भन्ने कुरा अझ राम्रो होला । मानिसको जीवनचक्र, अनित्य, अस्थिर र चेतनशील बुद्घि विवेकमा आधारित भएको हुँदा उनमा अवश्य विह्वलभाव आउनु निश्चय नै हो ।

मानिसको मनमा उब्जिने भाव र मानिसको जीवनमा देखा पर्ने समस्याको कारण उब्जिएको अवस्थालाई हामी विह्वलता वा विह्वलभाव भन्न सक्छौँ । विह्वलभाव मानिसले आफूले चाहेर, आफूलाई चाहिएर मात्र आउने र हुने कुरा रहेनछ । विह्वलभाव किन, कसरी, के का लागि आउँछ भन्ने प्रश्नमा अनुत्तरितको अवस्था छ । यही यसरी नै भनेर अठोटका साथ जवाफ दिन सक्ने परिस्थिति छैन । यो एक मानव जीवनको निम्ति अद्भुत प्राकृतिक चेतनशील तरङ्ग हो भन्ने बुझ्नु पर्ने हुन्छ ।

विह्वलवादले मानव चरित्रको अशान्त मनोभाव र अवस्थालाई अङ्गाल्ने भएको हुँदा यसले मानिसको आचरण, सोच विचारमा सकारात्मक परिवर्तन र सही मूल्याङ्कन गर्न सकिन्छ । मानिसको हैसियत र औकातलाई सही पहिचान गरी समयमै सही बाटो र सफलतातिर अग्रसर हुन अभ्रिप्रेरित गर्दछ । विह्वलभावको कारण मानिसको चरित्रमा हुने वा देखापर्ने नकारात्मक पाटालाई पहिचान गरी सकारात्मक दिशातिर लम्काउनमा ठूलो सहयोग पुरयाउँछ जसले उसको जीवनलाई सुखमय र प्रेमामय बनाउँन सक्छ । जुन समाजको निम्ति उचित उदाहरण पनि बन्न सक्छ ।

विह्वलभावलाई नेचरल फेनोमेनोनको रुपमा पनि लिन्न सकिन्छ जुन भाव मानवको मन, मस्टिष्क र जीवनमा निरन्तर तरङ्गित भई रहने भाव वा अवस्था नकारात्मक र सकारात्मक दुइट्टै नहुन पनि सक्छ । त्यसैले जुन भाव वा अवस्थालाई हामी न्यूट्रोल फेनोमेनोनको रुपमा लिन्न सक्न्छि ।

विह्वलभाव एक प्राकृतिक चेतनशील तरङ्ग भएको कारण मानव जीवनमा आउनु, एक पछि अर्को जोडिएर आउनु, थपी रहनु स्वभाविक हो । त्यसले विह्वलभाव न्यूट्रोल नेचरल फेनोमेनोनको रुपमा लिनुपर्ने हुन्छ । यसको निराकरण वा कमीको लागि हामीले यसलाई सकारात्मक रुपमा लिनुपर्ने हुन्छ । यसलाई अनजानवश नकारात्मक रुपमा लिन थाल्यो भने यसको रुप, आकार, समस्या अझ बढेर जान सक्छ । त्यसैले यसलाई सोचबुझ, ज्ञानगुण र अनुभवद्वारा परिस्थितिगत अवस्थालाई बुझेर पछ्याउँदै समस्यालाई केलाएर समाधानतिर बढेर निराकरण वा कमी गर्न सकिन्छ । जसले गर्दा हामी आफ्ना जीवन यात्रालाई दुःख, कष्ट रहित सुखमय र आनन्दमय जीवनको आभाष हुने गरी कुनै योजना, बिचार, कार्यदिशाद्वारा सफलतातिर अग्रसर हुन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *