“उद्यमशीलता तथा दिगो आर्थिक विकासका लागि पाल्पा जिल्लाका हेफर साझेदार तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिका र नबिल बैंकबीच सहकार्य ।”

मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन १७, मंगलवार

उद्यमशीलताविकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिलबैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पाबीच सम्झौता भएको छ । पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सुजितकुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुखअशोक कुमार शाही, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि र तिनाउ गाउँपालिकाका अध्यक्षओम बहादुर घर्ती मगरले सम्झौतापत्रमा हस्ताक्षर गरे।

कार्यक्रमका प्रमुख अतिथी तथा नविल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उदेश्यका साथ नबिल बैंकले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने साथै यसले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

कार्यक्रममा हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा.तिर्थराज रेग्मीले नविल बैंकसँगको सहकार्यबाट उद्यमशिलता विकासमा ठुलो टेवा पुग्ने बताउदै कृषि तथा पशु उद्यमशिलताको मूल्यश्रृंखलालाई अझ मजवुत बनाउदै हेफर ईन्टरनेशनलद्वारा यस सम्झौतापत्रले लक्ष्य गरेका उद्देश्य प्राप्तीका लागि पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै यस अभियानमा सहभागि नविल बैंक लिमिटेडप्रति आभार व्यक्त गरे ।
कार्यक्रमकाअध्यक्ष एवम् तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले कृषिपशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुर्याउनआजको सम्झौलाई ईतिहासमै निकै महत्वपूर्ण दिनको रुपमा लिएको वताउदै विगतमा सम्झौता हुने तर कार्यान्वयनमा ढिला सुस्ती हुने अवस्थाको अन्त्य गर्दै नविल बैंकले पालिकाकाहरुको आर्थिक रुपान्तरणको अभियानमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

नविल बैंक लिमिटेडका नायवप्रमुखकार्यकारी अधिकृत सुजितकुमार शाक्यले तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकाकाबाट उपस्थित विभिन्न उद्यमीहरुलाई कर्जा स्वीकृतीपत्र समेत हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै उनले आफूलाई ठूला¬¬(ठूला कर्जा दिदाभन्दानिम्नवर्गको आर्थिक रुपान्तरण हुने कर्जा दिन पाउँदा हर्ष लाएको वताए।
नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो। यस सम्झौतामार्फत नबिल बैंकले पाल्पा जिल्लाको आर्थिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने आशा लिएको बैंकको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *