मुलुक डेस्क, सप्तरी । २०७८ फाल्गुन १६, सोमवार

मिस्टर एण्ड मिस सप्तरी कलेज आइकनको उपाधि प्रतिक साह र अञ्जली आनन्दले हासिल गरेका छन्।

राजविराजको शिवशंकर सिनेमा हलमा सम्पन्न फाइनलमा राजविराज नगरपालिका-८ का प्रतिकले शिर्ष उपाधिसहित मिस्टर कन्फिडेण्ट, पब्लिक च्वाइस र फोटोजेनिक उपाधिसमेत आफ्नो पक्षमा पारेका हुन् । साथै राजविराज-६ की अञ्जलीले शिर्ष उपाधिसहित वेष्ट ग्लोविङ्ग स्किन उपाधि आफ्नो पक्षमा पारिन्।

यसैगरी आँचल यादव फस्ट रनरअप र ग्रसिका सुराना ब्यूटी विथ ब्रेन र ग्लामरस लुकसहित सेकेन्ड रनर अप भइन्।
पुरुषतर्फ ओबिडिएण्टको उपाधिसहित तिलाठी कोइलाडी गाउँपालिकाका माधवमुकुन्द मिश्र फस्ट रनरअप र राजविराजका अफान फरहान मिस्टर ट्यालेण्टेड र बडी फिटनेससहित सेकेण्ड रनरअप भए। कलेज आइकनका विजेता र उपबिजेताहरूलाई भव्य समारोहबीच ताजसहित क्राउन, प्रमाणपत्र र उपहारसहित मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन घोषणा गरिएको थियोे ।

रक्षा मिडिया हाउस प्रालि काठमाडौंको व्यवस्थापनमा लायन्स क्लब अफ राजविराज सिटीले सप्तरीमा पहिलो पटक कलेज आइकन आयोजना गरेको थियोे । सहभागीहरूको प्रतिभा, वाककला र व्यक्तित्व आदिका आधारमा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरेर मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन भएको हो। यसअघि राजविराज जेसीजको आयोजनामा पहिलो पटक राजविराज लिटिल आइकन २०२१ सफलतापूर्वक भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *