रामअधार साह, जलेश्वर । २०७८ फाल्गुन १५, आइतवार

नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन महोत्तरीको अध्यक्षमा श्यामसुन्दर यादव निर्वाचित भएका हुन् ।
जिल्ला ईकाइ कार्यसमिती जलेश्वर महोत्तरीको निर्वाचनमा यादवले ५३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रामप्रसाद सिंहले ३३ मत प्राप्त गरेका थिए ।

“कानूनी राज्यमा कानूनी समानता पेशागत मर्यादा होस हाम्रो एकता” भन्ने नाराका साथ गठित एसोसिएसनको महोत्तरी ईकाइमा हिजो भएको पदाधिकारीको मतदानमा कूल १४० मतदातामध्ये १२० जनाको मत मात्रै खसेको थियोे । २०४९ सालमा स्थापित एसोसिएसनले पेशागत मर्यादामा रहि कानून व्यव्सायीको हकहितको लागि संगठित एवं लडदै आएको संगठन हो ।

३ वर्षको कार्यकालका लागि निर्वाचित अन्य पदाधिकारीहरुमध्ये उपाध्यक्षमा ६४ मतसहित विरेन्द्रकुमार झा, सचिवमा ७३ मतसहित अर्पणलाल कर्ण तथा कोषाअध्यक्षमा ५६ मतसहित रमेशकुमार यादव निर्वाचित भएका हुन् । सचिवका प्रतिद्वन्दी रवीन्द्र भगतले ५७ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *