“फरार शाहले १७ वर्षीया गायिकामाथि पटक-पटक बलात्कार गरेको आरोप”

मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन १२, बिहीवार

कलाकार पल शाह (पूर्ण विक्रम शाह) को पागलपन सार्वजनिक भएको हो । मनोरोगका शिकार शाहले पटक-पटक बलात्कार गरेको आरोप लागेको छ । यौन पिपाशु शाहले एक नाबालक गायिका (१७ वर्षीय समिक्षा) लाई अनेकौं पटक बलात्कार गरेको पीडित पक्षको आरोप रहेको छ ।

गायिकाका परिवारले तनहुँमा बुधबार बलात्कारको जाहेरी दिएपछि खोजी सुरू गरिएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले बताए। तर ऊनी फरार रहेको समेत जनाईएको छ ।

सोमवार पल शाहको अडियो रेकर्ड बाहिर आएपछि समीक्षाले तनहुँको दमौली पुगेर उजुरी दिएकी हुन् । पलसँगको अडियो रेकर्डमा समीक्षाले विवाहको अड्डी कसेकी थिइन् भने महिला अधिकारकर्मी जस्मिन ओझासँगको बयान (अडियो रेकर्ड) मा उनले पल शाहले आफूमाथि जबर्जस्ती करणीको प्रयास गरेको, मायाको नाटक गरेर धोका दिएको, परिवारको अगाडि विवाहको वाचा गरेर पन्छिन खोजेको बताएकी थिइन् ।

तनहुँमा जाहेरी परेकाले शाहलाई दमौली लगेर बयान लिने उनले बताए। शाहलाई पक्राउ गर्न तनहुँ प्रहरीले काठमाडौं प्रहरीलाई पनि जानकारी गराइसकेको छ।

गायिकाका तर्फबाट परिवारले दिएको उजुरीमा शाहले माया-प्रेमको जालमा फसाएर बलात्कार गरेको आरोप लगाएकी छन्। तनहुँ प्रहरीका अनुसार शाहले पोखरा, तनहुँ, चितवन लगायतका स्थानमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

गायिकाले करिब ३ महिनायता गीत-संगीतमा ध्यान दिन नसक्दा घटनाका बारेमा जानकारी पाएको जाहेरीमा उल्लेख छ। पीडित गायिका र शाहबीच एक गीतको म्युजिक भिडिओ सुटिङमा भेट भएको र त्यही बेला उनीहरूले फेसबुक र फोन नम्बर आदान प्रदान गरेका थिए। त्यसपछि उनीहरूको निरन्तर भेटघाट र संवाद हुन थालेको जाहेरीमा उल्लेख छ।

शाहले देखावटी माया-प्रेम गरेको बहाना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएको उजुरीमा उल्लेख छ। यस्तै म्युजिक भिडिओ सुटिङ गर्न पोखरा, चितवन, बाग्लुङ, तनहुँ समेतका स्थानमा काम सकेर होटलमा बास बस्दा पटक-पटक बलात्कारको प्रयास गरेको उल्लेख छ।

बागलुङको गलकोट महोत्सवमा २०७७ चैत ३१ गते शाहसहित दुर्गेश थापा, योगेस काजी, सम्राट चौलागाईं, कृष्ण जोशी, समेतका कलाकारहरूसँग एउटै गाडीमा जाँदा पीडित गायिका र शाह एउटै सिटमा बसेको र यात्राका क्रममा शाहले बालयौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ।

पोखरामा सुटिङबाट काठमाडौं फर्कने क्रममा तनहुँको दुलेगौंडामा प्रदीप थापाको घरमा बास बसेको र शाहले मदिरापान गरेर मध्यरातमा जबर्जस्ती गरेको जाहेरीमा उल्लेख छ।

यसअघि पोखरास्थित होटल प्राइम, चितवनस्थित गैंडाकोट रिसोर्टमा समेत शाहले पटक-पटक बलात्कार गरेको पीडित पक्षले जनाएका छन्। गायिकाको कोठामा दिनहुँ आउजाउ गर्न शाहले कोठा सार्न समेत दबाब दिएको उल्लेख छ।

नाबालिका गायिकामाथि बलात्कार आरोपमा उजुरी दिएका पीडित परिवारले शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ अनुसार अपराधमा कारबाही गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *