प्रमोद सहनी, रौतहट । २०७८ फाल्गुन ०८, आइतवार

रौतहटको देवाही गोनही नगरपालिका वडा नं ९ स्थित जय किसान बहुप्राबिधिक शिक्षालयका पूर्व शिक्षालय प्रमुख ई. विनोद चन्द्र झा र सिभिल डिपार्टमेन्टका सञ्जय यादवको विदाई भएको छ ।

शिक्षालयमा हुँदा दुवै जना राष्ट्रसेवक कर्मचारी भएर जनहितकारी कार्यहरु गरेको स्मरण गर्दै उनका समकक्षीहरुले दुवै जनालाई विधिवत ससम्मान विदाई गरेको हो ।

विदाई समारोह कार्यक्रममा सिभिल विभागका प्रमुख ई. नन्द किशोर राय यादवले भने “विगत पाँच वर्षदेखि शिक्षालयलाई भौतिक तथा शैक्षिक रूपमा भव्य बिकसित हुँदै आएको हो र हामी बिच अभिभावक बनेर जुन भूमिका निर्वाह गर्नु भएका छन,त्यो श्रेय चाहिँ पूर्व शिक्षालय प्रमुख झालाई जान्छ।” यसैक्रममा अङ्ग्रेजी विषयका शिक्षक रामानन्द यादवले झा र यादवलाई दोसाला ओढाई फूलमालाका साथ सम्मान बिदाई गरे।

सोही क्रममा नयाँ शिक्षालय प्रमुखका रुपमा ई. धनुज कुमार यादवलाई स्वागत गरिएको थियो । ई. विनोद चन्द्र झाको अध्यक्षता तथा ई. धनोज कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित विदाई समारोहमा शिक्षालयमा हुँदा उनीहरुले दिएको योग्दानको चर्चा गरिएको थियो ।

सो कार्यक्रमका संचालन कृषि बाली विज्ञान विभागका प्रमुख सुशिल नारायण शाहले गरेकको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *