मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन ०६, शुक्रवार

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको बताएका छन्। उनले त्यो व्यवस्था आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली भएको बताएका छन्।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुक्रबार वक्तव्यमार्फत् सन्देश जारी गरी शाहले अरूले ओढाइदिएको आकाशमुनि छिरेर ओभाने बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन नसक्ने बताएका छन्।

‘जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन। आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन,’ शाहले वक्तव्यमा भनेका छन्, ‘प्रजातन्त्र निर्देशित र नियन्त्रित हुँदैन। त्यो स्वत:स्फूर्त एवम् लोक सम्मत हुन्छ र हुनुपर्छ।’

शाहले अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँचिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रब्यूहले प्रजातन्त्रलाई कता पुर्‍याइरहेको छ, विचारणीय प्रश्न रहेको उल्लेख गरेका छन्।

शाहले जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सुप्रबन्ध नै सही प्रजातान्त्रिक प्रणाली भएको सम्झाएका छन्।
‘राष्ट्रियताबिनाको प्रजातन्त्र, आकाशमा महल बनाएको जस्तो हुन्छ। न त्यो कसैको सुरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ,’ उनले भनेका छन्।
प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुर्‍याएको र जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महसुस हुँदै आएको उनले बताएका छन्।
यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्नेबारेमा समीक्षा गर्न सबै नेपाली तयार हुनुपर्ने उनले वक्तव्यमा उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *