डा. मनोज कुमार झा, काठमाडौं । २०७८ फल्गुन ०६, शुक्रवार

“बुद्धिहिन, ज्ञानहिन, अध्यनहिन, चेतनाहिनको जमात नै रहेछ यहाँ !”

देशको वर्तमान परिस्थितिमा नेता र दलको शैली, व्यबहार र अभिष्ट हेर्दा कुरुप, निर्वस्त्र र शरणागतको सहजै आभास गर्न सकिन्छ । गणतान्त्रिक देशको बहार त हेरौं जनादेशको कदर नभई परमादेशको बोलबाला छ् । बिकासको नाममा ब्रह्मलुटकाे अराजकता छ् । एक राजा र राजसंस्थाको सट्टा प्रचण्डे, शेरे, खड्गे, माकुने, उपेन्द्रे, महन्थे, सिके लगायतको अनेकौं राजा र राजसंस्थाको हैकमले मुलुक र जनता आक्रान्त छ् ।

मपाई होईन यधपी मेरे एक अनुभव यस्तो रहेको छ् । वर्तमान परिवेशमा प्रायःजसो सब, मेरो अन्तर्वार्ता हेर्ने-सुन्ने र त्यसलाई नै आ-आफ्नो शैलीमा प्रस्तुत गर्ने र महान कहलिने, “यो फेरि मैले भनेको होईन है, विभिन्न मिडियाका संचारकर्मीको विश्लेषण र बुझाइ हो । यसैगरी नेपाल स्थित कुटनीतिक नियोगको पनि हाल त्यही छ !” नत्र गगन थापाले ल्याएको MCC सम्बन्धि नयाँ प्रस्तावको कानुनी तथ्यमा आधारित जोडदार जवाफ त पक्कै दिईन्थ्यो होला नि ?

नेपाली कांग्रेस र शेरबहादुर देउवा नेतृत्वको परमादेश प्राप्त कम्फर्टेबलवादी लम्पसारवादी आत्मसमर्पणवादी लूटतान्त्रिक सरकारको MCC समर्थनमा थालिएको प्रचारप्रसार को पनि जबर्जस्त जवाफ आउँथ्यो होला नि ?

MCC को समर्थनमा माहौल बनाउन थालिएको नेपाल स्थित अमेरिकी दूतावासको नाङ्गाेनाच र गतिविधिको पनि जोडदार प्रतिक्रिया देखिन्थ्यो होला नि ?

MCC को विरुद्धमा नेपालका लागी चिनियाँ राजदुतावासको नाङ्गाेनाचको पनि जबर्जस्त प्रतिक्रिया अवश्य नै देखिन्थ्यो होला नि ?

MCC को विरुद्ध हालसालै जन्मेका खुनखार राष्ट्रवादीहरुले (संसदीय दल र केही विश्लेषक) पनि राम्रैसँग जवाफ पाउँथे होला नि ?

हिजोसम्म MCC को विरुद्धमा गाला नै फाट्ने गरि, आवाज नै भासिने गरि युट्युबमा घोर विरोध गर्दै हिँडने तथाकथित विश्लेषकहरुलाई राखी अमेरिकी दुतावासको प्रायोजनमा “MCC माथी बहस” चलाउँदा प्रती दिनको प्रति विश्लेषक ने.रु. १ लाख भत्ता र चिल्लो-मीठो खान पाएकै कारण खाट्टी समर्थक बन्दै गरेको हेर्दा पनि ताजुब लागेर आयो ।

अस्तित्वहिन डा. बाबुराम भट्टराई “विध्वंसवादी बौलाहाराम” देखि भारतवादी महन्थ ठाकुर “बज्र-स्वाँठ/डफर-शंख” हुँदै भिम रावल “भ्रमवादी-विशेषज्ञ” सम्म र पुष्पकमल दहाल “प्रचण्ड” जस्तो छेपारे जसको खुबीलिटी नै हो कुनै पनि ब्यक्तिलाई सात (७) पटकसम्म बेबकुफ बनाउनसक्ने त्यस्तै माकुने जस्ता अवसरवादी / चरम सत्ता-लोलुप तथा खडग प्रसाद ओली जस्ता श्री ३ उखान-टुक्के महाराज लगायतका दुई-जिब्रे सत्ता-स्वार्थी देशद्रोही लूटतन्त्रवादीहरुले पनि राम्रैसँग जवाफ पाउँथे होला नि ?

जुन कहिँ कतै कोहिबाट देखिएन/भेटिएन त्यस्तै MCC र BRI को समर्थनमा जथाभावी भुक्दै हिंडेकाहरुलाई पनि जवाफ दिने कोहि देखिएन ।

नबोलौं सोंचेर चुप बसेको त मातृभूमिको भविष्य हेर्दा-सोंच्दा बोल्नै पर्ने देखियो, उपरोक्त कु-कृत्यहरुको पनि तथ्यमा आधारित “शल्यक्रिया” मैले नै गर्नुपर्ने देखियो ।।

अब म भताभुङ्ग पार्छु, क्षतिपूर्ति सहितको दावा ठोक्छु, जे पर्ला-पर्ला, कोहि कसैलाई बाँकी छोड्दिन !
मेरो “शेरुलाई” भुँडी बोकाई “छेपारे” जिम्मेवारीबाट पन्छिन मिल्छ र भन्या ?
मेरो “शेरु” छिमेकीसँग पनि लस्केको देखेर त्यसको चरित्र माथी कोहि-कसैले शंका नगरिदिनुहोला, उ चरित्रहीन पक्कै होइन, समय र परिस्थिति ले मजबुर बनाएको मात्रै हो है !
मेरो “शेरु” सोझो छन् , दायाँबायाँ जान्दैनन्, गरोस् पनि के, समस्या नै त्यस्तै छ, अवैधलाई वैध जो बनाउनु छ।।

चेतना भया, “नेपालमा सबै तिम्रा झोले-झम्टे र भजन-मण्डली छैन्न !”

( डा. झा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष एवं राष्ट्रिय नागरिक आन्दोलन र राष्ट्रबचाउअभियानका संयोजक हुन् । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *