मुलुक डेस्क, काठमाडौं । २०७८ माघ १०, सोमवार

राष्ट्रिय वाणिज्य बैंक ५७औं वर्षमा प्रवेश गरेको छ् । सो अवसरमा बबैंकका सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी, कर्मचारी, नियमनकारी निकाय एवं शुभेच्छुकहरूमा हार्दिक आभार प्रकट गरेको छ् ।

यसकासाथै, आगामी दिनहरूमा थप गुणस्तरीय, आधुनिक, दिगो एवं सदैव ग्राहकको हितमा विश्वसनीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ् । बैंकले पौष मसान्तसम्ममा कुल निक्षेप रु २४४ अर्ब र कुल कर्जा रु २१३ अर्बको गरेको जनाएको छ् ।

यसैगरी कुल ३७ लाख ग्राहक भएको राष्ट्रिय वाणिज्य बैंकमा १४ लाख मोबाइल बैंकिङ ग्राहक रहेको छ् । कुल ३७५२ जनशक्ति रहेको बैंकको २५८ वटा शाखा एवं २४५ एटिएम पनि संचालित रहेको छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *