राम अधार साह, महोत्तरी । २०७८ पौष २६, सोमवार

महोत्तरी मनराशिसवा १, मनराको जय दुर्गे स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्था लि. ले १६ औं बार्षिक साधरणसभा सम्पन्न गरेको छ् । नगर प्रमुख संजय कुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारणसभामा अतिथिको रूपमा नगर उपप्रमुख रमिता प्रधान एवं मनरा प्रहरी ईन्चार्ज हृदयेश राउत लगायतको उपस्थिति रहेको थियो ।

दुर्गे स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्था लि. को १६ औं बार्षिक साधरणसभामा संस्थाका अध्यक्ष दुखरन साहले २०७८ आर्थिक मसान्तसम्म संस्थाले २ करोड १३ लाख १३ हजारको कारोबार गरेको जानकारी गराए ।

महोत्तरी जिल्लाभर कारोबार गर्दै आएको यो संस्थाको हालसम्मको शेयर सदस्य संख्या ३२७ रहेको सो अवसरमा अध्यक्ष साहले उल्लेख गरे । साथै यो संस्थाको ४ धुरमा २ तल्ले भवन आफ्नै रहेको समेत जनाए। संस्थाको लागि जग्गा मनराका स्व. किशुनी साह एवं दुखनी देवी दम्पतीले उपलब्ध गराएको अध्यक्ष साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *