मुलुक डेस्क, काठमाडौं । २०७८ पौष २४, शनिवार

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायव महानिरीक्षक (डिआईजी) मा प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहको बढुवा भएको छ् । गृह मन्त्रालयद्वारा जारी बढुवा सिफारिस सूचीमा सिंह एक्लो उम्मेदवार परेकी हुन् । बढुवासंगै उनको दरबन्दी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवा, रुपन्देहीमा गरिएको जानकारी पत्रमा उल्लेख छ् ।

नेपाल प्रहरीभित्र निडर र हक्की स्वभावको सिंह खुल्ला प्रतिस्पर्धाबाट इन्स्पेक्टरमा आउने पहिलो महिला प्रहरी अधिकृत हुन् । सिंह बिगत तिन दशकदेखि प्रहरी सेवामा समर्पित रहदै आएकी हुन् । २०४९ सालमा पूजासंगै नेपाल प्रहरीमा प्रबेश गर्ने बिश्व पोख्रेल, उत्तम सुवेदी, रबिन्द्र धानुक, दिवेश लोहनी, बसन्त लामा र धिरज प्रताप सिंह हुन् । उक्त ब्याचबाट प्रतिस्पर्धामा आउनेमध्ये सिंह एक मात्र महिला थिइन ।

संयुक्त राष्ट्रसंघीय मिसन कमाण्ड गर्ने सिंह पहिलो महिला प्रहरी अधिकृत हुन । भूकम्पका बेला काभ्रे जिल्ला प्रहरी प्रमुखका रूपमा समेत उनले निर्वाह गरेको भूमिका महत्वपूर्ण मानिन्छ । पूर्वाञ्चल क्षेत्रीय ट्राफिक कार्यालयमा रहँदा उनले गरेको ट्राफिक ब्यवस्थापनको चर्चा अहिले पनि पूर्वाञ्चलबासीहरु गर्छन । पूर्वाञ्चलमा यायतायात ब्यवसायीलाई तह लगाएको भनी सर्वसाधारणबाट उनले ‘बहादुर आइमाई’ को संज्ञा पाएकी थिइन् । उनको छवि छ । प्रतिस्पर्धाबाट अगाडि बढ्दै आएकोले आफुलाई प्रहरी अधिकृत मात्र भन्न रुचाउने पूजा समावेसीको कुरा गर्दा महिला र मधेशी दुवै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *