सुजीत कुमार झा, जनकपुर | २०७८ पौष

आजु मिथिला नगरिया निहाल सखिया,
चारों दुलहा में बड़का कमाल सखिया !


महिलाहरु गीत गाइरहेका थिए । यता भगवान राम सहित चारै भाई मञ्चमा बसेका थिए । पण्डित मन्त्रोचारणमा व्यस्त थिए । जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरको प्रागंणमा विहे हेरी रहेका हजारो व्यक्तिको कतुहुलता आसमानमा थियो, अबके हुन्छ ? मनमनै सबै एकटक उतै लगाएका थिए । फेरी गीत गाइने महिलाहरुको स्वर चल्न थालियो..


शिश मणी मौरिया, कुण्डल सोहे कनमा,
कारी कारी कजरारी जुलमी नयनमा,
लाल चंदन सोहे इनके भाल सखिया,
चारों दुलहा में बड़का कमाल सखिया !
श्यामल-श्यामल, गोरे-गोरे, जोड़ीया जहान रे,
अँखिया ना देखनी सुनलीं ने कान हे
जुगे जुगे, जीबे जोड़ी बेमिसाल सखिया
चारों दुलहा में बड़का कमाल सखिया !
गगन मगन आजु, मगन धरतिया,
देखि देखि दुलहा जी के, साँवर सुरतिया,
बाल वृद्ध, नर-नारी, सब बेहाल सखिया
चारों दुलहा में बड़का कमाल सखिया !
जेकरा लागी जोगी मुनि, जप तप कईले,
से मोरा मिथिला में पाहुन बन के अईले
आजु लोढ़ा से सेदाई इनके गाल सखिया..
चारों दुलहा में बड़का कमाल सखिया !


यो गीत भइरहेकै बेला विवाहका लागि बनाइएको मण्डपमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव माता जानकीलाई लिएर आए । संसारको सबै भन्दा सुन्दर जोडीको विहे भइरहेको छ, समान्य मण्डप थोरै बन्छ । विहेको मण्डप एकसाता अघि देखिनै बनिरहेको थियो । दर्जनो कामदार यसमा लागेका थिए । चारैतिर झिलीमिली बत्तीले पूरै जानकी मन्दिर बेहुली जस्तै लाग्थ्यो ।
जानकी मन्दिर मात्रै होइन पूरै जनकपुरधाम नै यसरी सजाइएको थियो । हामी कहाँ वर्षमा दूई चोटी दीपावली हुन्छ, विवाहपञ्चमीको आकर्षणको कुरै नगर्नुस गौ संरक्षण मञ्चका केन्द्रिय अध्यक्ष जगदीश महासेठले वताए । महासेठकै नेतृत्वमा केहीवर्ष अघि देखि विवाहपञ्चमीको वेला दिपावली मनाइने कार्य शुरु गरिएको छ ।


अगाडी अगाडी परम्परगत बाजा ढोल पिपही पछि पछि जानकीसंगै महन्थ दास । जनकपुरधाममा महन्थलाई जानकीको वुवाको रुपमा चिनिन्छ । छोरीको विहेको लागि आफूलाई पनि तयारीगर्नु पर्यो त्यसैमा ढिलो भो उनी वताइरहेका थिए । उहाँको कुरो सुन्ने आज कोही थिएन । सबै बिहेको उत्सवमा मग्न । महिलाहरुको गीत चलिरहेको थियो ।


जंघिया चढ़ाई बाबा बैसला मंडप पर,
बाबा करू ने कन्यादान हे ।
आहे बाबा करू ने धीयादान हे।
जंघिया चढ़ाई……।
कन्यादान करे बैसला बाबा,
मोती जकां झहरनि नोर हे ।
आहे मोती जकां झहरनि नोर हे ।
जंघिया चढ़ाई……।
सिसकि-सिसकि रोबे मैया हे सुनयना,
अपन धिया भेलै बिरान हे ।
आहे अपन धिया भेलै बिरान हे  ।
जंघिया चढ़ाई…..।


मण्डप नजिक जानकी मन्दिरका महन्थ, उत्तराधिकारी महन्थ साधुसन्तहरु बसी हाले । कोरोनाको आतंक रहेकाले भारतको अयोध्याबाट जन्ती आएको छैन । उहाँहरुको उपस्थिति सबैलाई खटकीरहेको थियो ।


‘जन्तीमा अयोध्याका प्रसिद्ध साधुसन्त रहन्छ, उहाँको दर्शनको पनि छुटै महत्व हुन्छ,’ राजनीतिकर्मी राजीव झाले बताए । मिथिलाञ्चलमा जसरी बिहेहुन्छ त्यही परम्पारलाई यो उत्सवमा अपनाउने गरिन्छ । अयोध्याबाट जन्ती नआएपनि परम्परालाई जनकपुरधामका राम मन्दिरले निरन्तरता दिए । ‘हाम्रो मन्दिर त अयोध्या दरबार नै हो नी,’ राम मन्दिरका महन्थ राम गिरिले बताए ।
बिहेमा बेहुला बेहुली विशेष सुन्दर लाग्न थाल्छन । फेरी सीता त सीता छिन । सीताको आकर्षणको शब्दमा वणर्न गर्न सकिदैन । सीताको एक झलक हेर्न उपस्थिति सबै लालायित थिए । यस प्रसंगलाई रामायणमा तुलसी दासले लेखेका छन –


सिय सुंदरता बरनि न जाई ।
लघु मति बहुत मनोहरताई ।।
आवत दीखि बरातिन्ह सीता ।
रूप रासि सब भाँति पुनीता ।।


अर्थात सीताजीको सुन्दरताका वणर्न गर्न सकिदैन, कारण बुद्धि धेरै सानो छ र मनोहरता धेरै ठूलो रहेको छ । रूपको राशि र सबै प्रकारले पवित्र सीताजीलाई जन्तीहरुले आउँदै देखै,


सबै मनैमन प्रणाम गरे ।
देखि राम भए पूरनकामा ।।
हरषे दसरथ सुतन्ह समेता ।
कहि न जाइ उर आनँदु जेता ।।

सबै मनैमन प्रणाम गरे । श्री रामचन्द्रजी लाई देखेर त सबै कृतकृत्य भइहाले राजा दशरथजी पुत्रहरुकासाथै हर्षित देखिन्थे । उहाँकोे हृदयमा जति आन्नद थियो त्यो, कही हुन सक्दैन ।
यही वैवाहिक दृश्यलाई लिएर रामायणमा तुलसी दास अगाडि लेख्नुहुन्छ-


सुर प्रनामु करि बरिसहिं फूला ।
मुनि असीस धुनि मंगल मूला ।।
गान निसान कोलाहलु भारी ।
प्रेम प्रमोद मगन नर नारी ।।


देवता प्रणाम गरेर फूल बरसाई रहेका छन  । मंगलका मूल मुनिको आशीर्वादको ध्वनि भइरहेको छ । गाना र नगाड़ाको शब्दले पूरै शोर मचि रहेको छ । सबै महिला पुरष आनन्दमा मग्न रहेका छन त्यही बेला फेरी महिलाहरु मंगलगान शुरु गरे ।


मंगलमय दिन आजु हे पाहुन छथि आयल
धन्य-धन्य जागल भाग हे मन कमल फुलायल
मंगल घटसँ द्वारि सजाओल
कंचन दिया बारि हम लाओल
गाँथल हार गुलाब हे हिनका पहिराओल । धन्य …..
कर खाली बेसी अभिलाषा
दूबि-धान पर अगबे आशा
मान बढ़ाबइ पाग हे हिनका सिर राखल । धन्य ……
धनमे धन भावहिटा सम्बल
सुभग सिनेह मनहि मन केवल
बाड़िक अनुपम साग हे भोजनमे साजल
मंगलमय दिन आजु हे पाहुन छथि आयल । धन्य ….


लावा छिरयाउने, सिन्दूरदान, कन्यादानसबै विध भए । एकातिर वैवाहिक विध भइरहेको थियो भने अर्को तर्फ विध अनुसार गीत । गीतमा महिला टोलीको फौज जस्तै थियो । बीच बीचमा हास परिहासका कार्यक्रम चलिरहेको थियो । संस्कृतिविद डा. भोगेन्द्र झाले मिथिलामा हास परिहास वेगर बैवाहिक कार्य हुनै सक्दैन बताए  । स्वंय यसकालागि उत्तराधिकारी महन्थ रामरोशन दास कम्मर कसेका थिए । उनले गीतमै डहकन उठाए । छोरापटटीलाई यसको माध्यमले गाली दिन्छन् :

दुलहा गारि ने हम दइ छी बेवहार करइ छी ।
हम्मर बाबा छथि कुमार अहाँ के दाई माँगैइ छी ।।
दुलहा गारि ने हम दइ छी एकटा बात कहइ छी ।
हम्मर बाबू छथि कुमार अहाँ के माई माँ माँगैइ छी ।।
दुलहा गारि ने हम दइ छी एक विचार पूछै छी ।
हम्मर भइया छथि कुमार अहाँ के बहिन माँगै छी ।।
स्वम्बरको वेलापनि निकै हास परिहासका कार्य भएको थियो ।
रामजी से पुछए जनकपुर की नारी
बता दा बबुआ लोगवा देत काहे गारी
बता दा बबुआ
तोहरा से पुछु मै ओ धनुषधारी
एक भाइ गोर एक काहे कारी
बता दा बबुआ लोगवा देत काहे गारी….


विहेभन्दा पहिला स्वयंवर गरिने परम्परा रहेको छ । स्वयंवर जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदानमा भएको थियो । भनिन्छ त्रेता युगमा पनि धनुष यज्ञ र स्वयवंर रंगभूमि मैदानमै भएको थियो ।
स्वयंवरका लागि मिथिला दरवारको प्रतिनिधित्वगर्ने जानकी मन्दिर र अयोध्या दरवारको प्रतिनिधित्व गर्ने राम मन्दिर वाट छुट्टा छुट्टै डोला त्यहाँ पुगेको थियो । जानकी मन्दिर डोलाको नेतृत्व जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र राम मन्दिर डोलाको नेतृत्व राम मन्दिरका महन्थ राम गिरिले गरेका थिए । राम मन्दिरका डोला संगै ठूलो संख्यामा स्थानीयवासी सहभगि थिए ।

स्वयंवरका क्रममा जानकी मन्दिरका डोला सहित मन्दिरका महन्थ र पुजारीले राम मन्दिरका डोलालाई विशेष पूजा गरेका थिए । पूजा पछि रामको डोलालाई जानकीको डोलाले ७ चोटी परिक्रमा गरेका गरेका थिए । यो दृश्य हेर्न पूरै १४ विग्हाको रंगभूमि मैदान भरिएको थियो ।

सीताराम जोडीक सम्बन्धमा

सोहति सीय राम कै जोरी ।
छबि सिंगारु मनहुँ एक ठोरी ।।


अर्थात सीतारामको जोड़ी यसरी सुशोभित भइरहेको छ मानो सुन्दरता र श्रृंगार रस एकत्र भइहालेको छ । स्वयंवरपछि जनकपुरधाममा शोभा यात्रा निकालिएको थियो । शोभा यात्रामा जनकपुरका अधिकांश मन्दिरको झाँकीहरु रहेको थियो । हरेक विधको छुटटै आकर्षण, छुटटै आनन्द देखिन्थ्यो । फेरी भगवान रामको रुप देखेर मैथिल महिलाहरु आवस्था वणर्न गर्न सकिदैन त्यसै बेला महिलाहरुले पनि गीत उठाए-

जेहने किशोरी मोरी, तेहने किशोर हे,
विधिना लगाओल जोड़ी, केहन बेजोर हे !

आठ दिवसीय विवाह उत्सव जसमा पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छठौ दिन स्वयंवर र विहे, सातौ दिन राम कलेवा र अन्तिम दिन चतुर्थी । ‘हरेक दिनको छुट्टा छुट्टै महत्व । केही दिनका लागि हामी त्रेता युगमा गइहाल्छौ,’ सांसद राम अशिष यादवले बताए ।

रघुवर जानकी जस्ता श्रीमति पाएर धन्य भइसेका छन । मिथिला पनि धन्य छन रघुवर जस्ता दुलहा पाएर । शिवकुमार झा टिल्लुको गीत यस्तैमा रचिएको छ ।

आजु पुरल मनोरथ मिथिला के
मिथिला के हो मोरा मिथिला के
भेंटलथि रघुवर बेटी अचला के !
परिछन कयलनि माय सुनयना
करती दान भरल छनि नयना
सरयू वरन संग कमला के
भेंटलथि रघुवर बेटी अचला के !

Leave a Reply

Your email address will not be published. Required fields are marked *