२०७८ पौष १५, बिहीबार

झुटो होइन, यो खबर साँचो छ

यो मनलाई मायालुको खाँचो छ।

शरिर भन्दा आत्मालाई छुने होस्

सँगै नाच्ने गाउने, सँगै रुने होस्।

मान्छे भरपर्दो, इमानदारी होस्

सुन्दर मुहार त्यो जुङ्गाधारी होस्।

हात थाम्ने सधैं आसपास बस्ने

फकाइ, रिझाइ, अङ्गालोमा कस्ने

बढी गुलियो, हल्का काँचो चाहिन्छ

आन्नदी जीवनको साचो चाहिन्छ।

झुटो होइन, यो खबर साँचो छ

यो मनलाई मायालुको खाँचो छ।

No description available.

रितु गुप्ता

वीरगंज

Leave a Reply

Your email address will not be published. Required fields are marked *