मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १५, बिहीवार

मधेशी आयोग र कोक्याप को संयुक्त आयोजना तथा सेकडिहुरफ, सपोर्ट नेपाल लगायत प्रदेश २ का कोक्यापका सदस्य संस्थाहरुको सहकार्यमा मानवअधिकारकाे अवस्था तथा मानवअधिकार रक्षककोको सुरक्षा चुनौती संवाद कार्यक्रम काठमाडौको अल्फा हाउसमा हिजो सम्पन्न भएको छ ।

मधेशी आयोगको अध्यक्ष डा. विजय कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा संविधानसभाका अध्यक्ष सुभाष चन्द्र नेम्वाङ रहेको थियोे ।

कोक्यापका कार्यक्रम अधिकृत सरोज नेपालद्वारा संचालित सो कार्यक्रममा मधेशी आयोगका सदस्य आभा सेतु सिंहले खुल्ला सिमाना, महिला हिंसा र नागरिकताको सवालमा कार्यपत्र प्रस्तुत गरेको थिइन् । त्यसउपर नीति कानुन प्रतिष्ठानको डा. मुकुन्द कटेलले टिप्पणी गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न अयोगको अध्यक्ष तथा महिला सदस्यहरुको उपस्तिथि रहेको थियो । साथै मधेशमा कार्यरत ५० भन्दा बढी महिला मानवधिकार रक्षकहरुको उपस्थिति समेत रहेको थियोे । मधेशी आयोगको सदस्य जिवछ साहले स्वागत मन्तव्य व्यक्त गरेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *