कृष्ण सिंह, सर्लाही ।२०७८ पौष १३, मंगलवार

सर्लाहीको हरिपूर्वा-५ स्थित जिंगडवा जाने बाटोको छेउमा मंगलबार बिहान रुखमा झुन्डिएको अवस्थामा एक पुरुषको शव बरामद भएको छ।

हरिपूर्वा नपा वडा न- ५ स्थित जिगंडवा जाने बाटोमा राज खाजा घर नामक होटलका संचालन गरेका सोही ठाउँ बस्ने स्थानीय भरत रायको छोरा अन्दाजी ३४ वर्षको मनोज यादवको शव आफ्नै होटल नजिकै रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको हो ।

आज(मंगलबार) बिहान घुम्न निस्केका स्थानीय केही ब्यक्तिहरुले देखेपछि हरिपूर्वा प्रहरी चौकीलाई खवर गरेका थिए l यादव झुन्डिएको आँपको रुख सानो रहेको र घटना स्थलको स्वरुपलाई हेर्दा कसैले बाहिरबाटै हत्या गरेर ल्याइ झुण्ड्याएको हुन सक्ने स्थानियहरुले शंका गरेका छन् ।

मृतकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल मलंगवामा राखिएको छ। घटनाको सम्बन्धमा अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *