
मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १२, सोमवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ८औं राष्ट्रिय महाधिवेशनको राजनीतिक प्रतिवेदन सम्वन्धी बन्दसत्रमा ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको दस्तावेज प्रस्तुत गरेका हुन् ।
उक्त प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ। वर्तमान संविधान विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरू जोगाउन पार्टीले विशेष भूमिका खेल्ने पनि उक्त प्रतिवेदनमा उल्लेख भएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए। ‘पार्टी इतिहासको संक्षिप्त चर्चा’ शीर्षकमा ‘इतिहासमा प्रचण्डपथको योगदान’का बारे चर्चा भएको छ।
बन्द सत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुवेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहेको ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ।