मुलुक डेस्क, काठमाडौं । २०७८ पौष ११, सोमवार

बाँकेको नेपालगञ्जकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि माइतीघर मण्डलामा अधिकारकर्मी एवं स्थानीय सहित १६ जनाले विगत एक महिनादेखि धर्ना दिदै आएको छ् । न्याय नपाएसम्म घर नफर्किने अडानका साथ धर्ना जारी छ् ।

३२ दिनदेखि काठमाडौंमा धर्नामा बसिरहँदा आरोपित भने नेपालगञ्जमा खुलेआम धम्की दिँदै हिँडिरहेका उनीहरूको आरोप छ ।

विगत ३२ दिनदेखि धर्नारतले मुद्दा फिर्ता लिनुपर्ने भन्दै मुख्यसहित अन्य र आरोपितहरूले नेपालगञ्ज घरमै पुगेर धम्की दिन थालेका आन्दोलनको अगुवाइ गरिरहेकी अधिकारकर्मी रूबी खानको गुनासो छ् । निर्मलाको न्यायका लागि भन्दै महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालले उजुरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *