“सर्लाहीको पुर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट ज्यान गुमाएका स्कुलले विद्यार्थीका आफन्त तथा स्थानीयद्वारा लालबन्दी नगरपालिका कार्यालय घेराउ ।”

कृष्ण सिंह, सर्लाही । २०७८ पौष ०६, मंगलावार

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-९, बस्तीपुर स्थित हुलास गोल्छा कम्पनी अगाडी सोमबार बिहान ट्रकको ठक्करबाट एक जना विद्यार्थीको ज्यान गएको छ ।दुर्घटनामा ज्यान गुमाएका विद्यार्थीका आक्रोशित आफन्त तथा स्थानीयबासीहरु बजार क्षेत्रदेखी विद्यालय क्षेत्र नकटुन्जेल सम्मको सडकमा कम गतिमा सवारीसाधन चलाउनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने,दोषीलाई हदैसम्मको कार्यवाही हुनुपर्ने लगायतका मागहरु राखेर आज(मंगलबार) बिहानदेखी लालबन्दी नगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

सोमबार बिहान करिब ६ बजेतिर जिल्लाकै चन्द्रनगर गाउँपालिका वडा न-१ रतनपुर घरभइ हाल लालबन्दीमा कोठा भाडा लिइ जनज्योती माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यनरत विपद रायका छोरा १७ वर्षीय दीपेन्द्र कुमार यादवको टिउसन पढ्न जाँदै गर्दा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ ख ७९९० नम्बरको ट्रकको ठक्करबाट ज्यान गएको थियो। उनलाई सडक पार गर्न खोज्दा ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाईते भएका विद्यार्थी दिपेन्द्रलाई तत्कालै उपचारका लागि हरिवन स्थित नमूना अस्पतालमा पुर्याउँदा चिकित्कसले मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएका छन् । आफ्ना विद्यार्थीको सवारी दुर्घटनामा परेर मृत्यु भएपछि जनज्योति माध्यमिक विद्यालयले सोमबार एक दिनका लागि विद्यालयमा पठनपाठन बन्द गरेको छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *