मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर २७, सोमवार

भारतको चिफ अफ डिफेन्स स्टाफमा स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नियुक्त भएको छ । भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावतको बुधबार हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नरवाणेलाई उक्त पदमा नियुक्त गरिएको घोषणा गरेकाे छ ।

रावतको निधनपछि दोस्रो वरीयतामा रहेका एयर मार्सल बलभद्र राधाकृष्णलाई चिफ अफ डिफेन्स स्टाफका रूपमा हेरिएको थियो । त्यस्तै, भारतीय स्थल सेनाध्यक्षमा चण्डीप्रसाद मोहाटीलाई नियुक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *