राजेश्वर डी. श्रेष्ठ, काठमाडौं । २०७८ मंषिर १९, आइतवार

नेपाल सहकारी संस्था लिमिटेडको छब्बिसौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ् । मंषिर १८ गते शनिवार होटेल एल्लो पेगोडामा सम्पन्न उक्त साधारण सभाको समुद्घाटन प्रमुख अतिथि पुरुषाेत्तम भण्डारी (पुर्व न्यायाधीश, सर्वोच्च अदालत) तथा संस्थाका कार्यकारी अध्यक्ष राकेश कुमार सिंहले संयुक्त रूपमा गरेका थिए ।

“जनताको आर्थिक निकास, सहकारीताको विकास” भन्ने मुल नारा लिई भव्यताका साथ सम्पन्न साधारण सभामा संचालक, शेयरधनि, लेखा समिति,सल्लाहकार, आगन्तुक एवं पत्रकारको अपार उपस्थिति रहेको थियो । प्रमुख अतिथि भण्डारीका अनुसार सहकारीले मुनाफासंगै सार्वजनिकहित र सरोकारको कार्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको संचालन संस्थाका नायव महाप्रबन्धक मिठुलाल चौधरीले गरेको थियो भने महाप्रबन्धक शोभा श्रेष्ठ, वरिष्ठ लेखा अधिकृत अनुपमा राणा, न्युरोड सेवाकेन्द्र प्रमुख पुष्पा के. सि लगायतको उपस्थिति रहेको थियो ।

संस्थाको छब्बिसौ बार्षिक साधारण सभामा आ.व.०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र लेखापरिक्षण प्रतिवेदन सहित संचालक समितिको बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष सिंहले प्रस्तुत गरेको थियो । विश्व महामारी कोभिड-१९ संग जुझ्दै अघिल्लो वर्षहरुभन्दा यस वर्ष केही सुधार भएको यसका अतिरिक्त संस्थाले आफ्नो लगानी नीतिलाई अझ परिमार्जित गरि कडा छनौट विधिबाट कर्जा प्रवाह गर्ने नीति अवलम्वन गरेको छ । संगठनात्मक सुदृढीकरण, ब्यवस्थापकीय सुधारकासाथै खर्चमा मितब्ययीता अपनाई आम्दानी बृद्धि गर्ने लक्ष्य राखेको अध्यक्ष सिंहले बताए ।

आ.व. ०७७/७८ को कर्जा प्रगति सम्बन्धमा संस्थाको श्रोततर्फ शेयर पूँजी रु.३ करोड १६ लाख ८१ हजार र निक्षेप तर्फ यस आर्थिक बर्षमा सम्म करिव रु.७ करोड ४२ लाख ९४ हजार संकलन भएकोमा ७ करोड ६८ लाख ४२ हजार लगानी भएको ब्यहोरा जानकारी गराए।
आ.व. ०७८/०७९ को कार्य योजना तथा भावी कार्यक्रम अन्तर्गत हालको शेयर पूँजीमा कम्तीमा रु.५० लाख बृद्वि गर्ने लक्ष्यका साथै निक्षेपतर्फ कम्तीमा रु. १० करोड ६५ लाख २० हजार संकलन गर्ने, करीव रु. १४ करोड ६७ लाख ऋण प्रवाह गर्ने र असूली तर्फ भाखा पुगेका ऋणहरुको साँवा तथा ब्याज नगदमै असूल गर्ने गरी करिव रु.८ करोड ३९ लाख ५८ हजार असूली गर्ने लक्ष्य रहेको छ । समिक्षा वर्षको पौष मसान्तसम्ममा थप करिव रु.७ करोड १४ लाख लगानी गर्ने समेत योजना गराए ।

यसै चालु वर्षमा काठमाण्डौंको न्युरोडमा सेवा केन्द्र थप संचालन गरी कारोबार समेत गर्दै आएको र भविष्यमा थप शाखा उपत्यका सहित सातै प्रदेशमा खोल्ने लक्ष्य रहेको समेत अध्यक्ष सिंहले प्रष्ट पारे ।

देशव्यापी रकम पठाउने भरपर्दो माध्यम तथा संसारको जुनसुकै स्थानबाट पठाएको रकम संस्थाकाबाट तत्काल भुक्तानी लिन प्रभु मनि ट्रान्स्फर सेवा, मोबाईल बैंकिङ्ग जस्ता अन्य विद्युतिय कारोबार संगै डिजिटल सेवा प्रवाह गर्ने लक्ष्य रहेको छ् । संस्थाका सदस्य महानुभावहरुको सुविधालाई दृष्टिगत गरि न्यूनतम् शूल्कमा मासिक टेलिफोन/मोवाईल शूल्क, खानेपानी महशुल, विद्युत महशुल तथा मासिक स्कुल फि आदि संस्थाका बैकिङ कार्यालयबाट तिरिदिने ब्यवस्था संस्थाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *