कृष्ण सिंह, सर्लाह । २०७८ मंषिर ०३, शुक्रवार

दलितको शैक्षिक सवालमा सरोकारवालाहरु सँग नीतिगत पैरवी र पहुँच सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सर्लाहीको मलंगवामा सम्पन्न भएको छ ।

कार्यक्रममा सेभ द चिल्ड्रेनको सहयोग तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको संयुक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत दलित विद्यार्थीहरुलाई प्रदान गरिने छात्रवृत्ति ,बीचमै पढाइ छाड्ने प्रवृत्ति ,विद्यालयमा दिइने दिवा खाजा र विद्यालयमा दलित विद्यार्थीहरु माथि हुने विभेद लगायतका विषयहरुमा सरोकारवालाहरु सँग अन्तरक्रिया गरिएको हो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ मलंगवा सर्लाहीका अध्यक्ष राजेश पासवानको अध्यक्षता तथा पुर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवानको प्रमुख आतिथ्यतामा शुक्रवार मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजनामा भएको थियोे ।
अन्तरक्रिया कार्यक्रममा वशिष्ठ अतिथि प्रदेश सभा सदस्य रवीन्द्र बैठा, दलित मुक्ति समाजका अध्यक्ष गोविन्द पासवान, जि.स.स. प्रतिनिधि मुकेश राय यादव,ओरेक नेपालकी दुर्गा थापा,जिल्ला शिक्षा विकास समन्वय इकाई प्रतिनिधि शोभित साह,दलित अधिकारकर्मी विनोद कुमार राम, बाल कल्याण समाज सर्लाहीका अध्यक्ष सुन्दर श्याम राय लगायतको सहभागिता रहेकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *